सुन तस्करीसँग जोडिएका चिनियाँहरुसँग बयान
काठमाडौँ । सुन तस्करीसँग जोडिएका चिनियाँ नागरिकसँग सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले बयान लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर करिब ६१ किलो सुन समातिएको तीन महिनापछि सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्ससहित चार जनासँग बयान लिएको हो । ‘भाषा अनुवादक राखेर बयान लिनु परेको थियो, उनीहरुले सञ्चालन गरेको क्यासिनोमा सुन तस्करीमा आबद्ध रहेका चिनियाँ नागरिकहरु गएर जुवा खेलेका थिए, त्यसकारण बयान लिनु परेको हो’, आयोगका एक सदस्यले भने । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले अन्य शंकित व्यक्तिहरुलाई पनि बयान लिने क्रममा फ्लोरेन्ससहित चार जनासँग बयान लिएर प्रतिवेदन तयार…
