समाज

कक्षा १२ को वार्षिक परीक्षा सुरु

कक्षा १२ को वार्षिक परीक्षा सुरु

२६ वैशाख,काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी कुल ५० हजार जनशक्ति परिचालन भएका छन् । आजबाट सुरु भएको परीक्षामा…
Read More
प्रअहरूसँग कार्यसम्पादन सम्झौता : दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

प्रअहरूसँग कार्यसम्पादन सम्झौता : दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

२६ वैशाख, कास्की । सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरिएको हो । सङ्घीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात गरी महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग २८ बुँदामा सम्झौता गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको रोहबरमा महानगरपालिकाको तर्फबाट शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य र विद्यालयका प्रध्यानाध्यापकले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार आधारभूत तहमा विद्यार्थीको भर्ना र टिकाउ दरमा वृद्धि,…
Read More
लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

२६ वैशाख, काठमाडौँ । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट ९नाट्टा०को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो । ‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त ट्राभल मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ । मार्टमा नेपालका पर्यटनसँग सम्बन्धी संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकका भिक्षु,…
Read More
महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

२६ वैशाख, गोरखा । गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । गोरखा नगरप्रमुख कृष्णबहादुर रानामगरले महिला उद्यमी सङ्घ र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा १५ महिलाको सहभागिता रहेको जानकारी दिनुभयो । “अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एकमहिने एड्भान्स तालिम हो”, उहाँले भन्नुभयो, “यसअघि एकमहिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रोपटकको एड्भान्स तालिममा सहभागी भएका छन् ।” तालिमका क्रममा निर्माण गर्ने मूर्ति…
Read More
बारागढी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान

बारागढी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान

काठमाडाैं । बाराको बारागढी गाउँपालिका वडा नम्बर ४ का जेष्ठ नागरिकलाई सम्मान गरिएकाे छ । सभ्य नागरिकको पहिचान,जेष्ठ नागरिकको सम्मान भन्ने मुल नाराका साथ गाउँपालिकाले वडा नम्बर ४ का जेष्ठ नागरिकलाई सम्मान गरेकाे हाे । गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले वडा नम्बर ४ का जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गर्नु भएकाे हाे। १ सय १५ जनालाई दोसल्ला ओढाइ सम्मान गरिएकाे गाउँपालिका अध्यक्ष जयसवालले बताउनु भयाे । ७० वर्ष माथिका जेष्ठ नागरिकलाई गाउँपालिकाले सम्मान गरेको हाे ।
Read More
बुटवल– नारायणगढ सडक : चिनियाँ ठेकेदारद्वारा फेरि डेढ वर्ष म्याद थप्न

बुटवल– नारायणगढ सडक : चिनियाँ ठेकेदारद्वारा फेरि डेढ वर्ष म्याद थप्न

काठमाडाैं । महेन्द्र राजमार्गअन्तर्गत बुटवल– नारायणगढ सडक विस्तारमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको छ । ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यसअघि दोस्रो पटक म्याद थप गरेको थियो । थपिएको अवधिमा थप २ प्रतिशत मात्र काम गरेको ठेकेदार कम्पनीले अब फेरि डेढ वर्ष म्याद थप्न सडक विभागसँग माग गरेको छ । चिनियाँ ठेकेदार कम्पनीका कन्सल्टयान्ट इन्जिनियर राकेश झाले म्याद थपका लागि सम्वद्ध पक्षसँग सम्वाद भइरहेको जानकारी दिए । कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक…
Read More
चीनले कमसल बनाएपछि भत्काउन थालियो कलंकी-कोटेश्वर सडक

चीनले कमसल बनाएपछि भत्काउन थालियो कलंकी-कोटेश्वर सडक

काठमाडाैं । चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको चक्रपथअन्तर्गतको कलंकी-कोटेश्वर सडकखण्ड भत्काउन थालिएको छ। निर्माण सम्पन्न भएको ४ वर्षमै बेसमेन्ट बिग्रिएपछि भत्काएर फेरि बनाउन लागिएको हो। सडक विभागका अनुसार कलंकी-बल्खु खण्डमा ‘बेसमेन्ट फेलियर’ भएपछि सडक भत्काउन सुरु गरिएको हो। सडकमा कालोपत्रे भासिने, चर्किने र फुट्नेजस्ता समस्या देखिएकाले भत्काएर फेरि बनाउन लागिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए। सडकमा कालोपत्रे भासिने, चर्किने र फुट्नेजस्ता समस्या देखिएकाले भत्काएर फेरि बनाउन लागिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए। चीन सरकारले यसअघि नै हस्तान्तरण गरिसकेकाले अब सडक बनाउँदा लाग्ने खर्च भने विश्व बैंकको सहयोगमा नेपाल सरकारले व्यहोर्ने छ।…
Read More
‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन

‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन

२५ वैशाख, सुदूरपश्चिम । आफ्नो तरकारी बारीमा पुग्ने विद्यार्थी र किसान समूहका जिज्ञासा मेटाउन व्यस्त हुने रामकिसुन चौधरीलाई किसान अचेल ‘प्लान्ट डाक्टर’को नामले चिन्न थालेका छन् । मौसमी तथा बेमौसमी तरकारी बालीको उत्पादन, बालीमा देखिने रोगकीराको समाधान खोज्नमा अनुभवी मानिनु भएकाले उहाँ ‘प्लान्ट डाक्टर’ले चिनिनु भएको हो । तरकारी बारीमा स्थलगत अध्ययन गर्न दुई दिनअघि मात्रै आएको कृषि जेटिए अध्ययन गर्ने विद्यार्थीको टोलीले उहाँबाट तरकारी उत्पादन, रोगकीराको समाधान, जैविक मलको आवश्यकता र महत्वलगायतका विषयमा जानकारी लिएर फर्किएको छ । उहाँ गड््यौला र यसको मल पनि उत्पादन गर्नुहुन्छ । किसान समूह सहकारीले सञ्चालन गर्ने किसान पाठशालामा प्रशिक्षकको भूमिका पनि निभाउनुहुन्छ ।…
Read More
पोखरामा तार भूमिगत गर्न सुरु

पोखरामा तार भूमिगत गर्न सुरु

२५ वैशाख, गण्डकी । पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखरा महानगरपालिका–१० कुँडहर क्षेत्रबाट तार भूमिगत गर्नसुरु गरिएको बताउनुभयो । “इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले भौतिकतर्फको काममा केही ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “गत सातादेखि काम सुरु भएको छ, अब आयोजनाले गति लिन्छ, डेढ वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।” आयोजनालाई आवश्यक तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । सुरुमा…
Read More
मस्र्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

मस्र्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

२५ वैशाख, तनहुँ ।आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो । तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुँयालले बताउनुभयो । विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत उत्पादन कमी भएको उहाँले जानकारी दिनुभयो । पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको…
Read More
Page 247 of 452
1 … 245 246 247 248 249 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.