बागमतीका सामुदायिक विद्यालयमा हरित प्राङ्गण अभियान सुरु
२६ वैशाख, सर्लाही । बागमती नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउने अभियान सुरु गरेको छ । नगरभित्रका २५ वटै सामुदायिक विद्यालयको प्राङ्गणमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेर हरित बनाउने अभियान सुरु गरिएको नगरपालिकाको नगर शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार “बागमती नगरको अभियान,हरित विद्यालय प्राङ्गण”भन्ने मूल नाराकासाथ नगरका सबै सामुदायिक विद्यालयको प्राङ्गणमा फलफूल र अन्य हरियाली हुने बिरुवा रोपिएको हो । नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यावस्थापन समिति र नगरका जनप्रतिनिधिको सहभागीतामा बागमती नगरपालिका २ मा रहेको जनवाल कल्याण माविको प्राङ्गणमा वृक्षरोपण गरेर अभियान सुरु गरिएको नगर प्रमुख भरतकुमार थापाले जानकारी…
