चिनियाँ नाकाबन्दीकाे मारमा मुगुवासी ?
काठमाडाैं । मुगुसँग जाेडिएकाे उत्तरी नाका अहिले पनि चीनले खाेलेकाे छैन । काेराेना महामारीकाे बहानामा चीनले झन्डै ४ वर्षदेखि नाक्चेनाङ्ला नाका अहलेसम्म खाेलेकाे छैन । कोरोनाका कारण तिब्बत र मुगुको व्यापारिक साइनो टुटेको छ । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका निवासी दैनिक उपभोग्य सामान, खाद्यवस्तु, लत्ताकपडादेखि भेडाच्याङ्ग्रा आयात गर्नबाट वञ्चित छन् । उनीहरूलाई सदरमुकाम आउजाउ गर्न कम्तीमा ५ दिन लाग्छ । पहिला उनीहरू चिनियाँ खाद्यान्नमा निर्भर थिए । १७ बस्तीको पालिकामा अत्यधिक चिसो र सिँचाइ सुविधा नभएकाले वर्षभरि एक बाली उवा मात्र फल्छ । ‘आफ्नो उत्पादनले ३ महिना पनि खान पुग्दैन, घरबाट एक दिन टाढाको चिनियाँ नाका लामो समयदेखि बन्द छ,’ मुगुगाउँका सोनाम तामाङले…
