दुर्घटनामा प्रधानाध्यापकको मृत्यु
८ जेठ, खोटाङ । आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ । विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कने क्रममा बाहुनीडाँडाकै झापाबाट कुर्लेघाटतर्फ जाँदै गरेको को २ त ४६७६ नं को ट्र्याक्टरमा चढ्नुभएका उहाँको रुपसे भन्ने ठाउँमा ट्र्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्राले किचेर घटनास्थलमै मृत्यु भएको हो । प्रधानाध्यापक राई विद्यालय बिदा भएपछि सुङ्गुरको चारो लिन सोही ट्र्याक्टरमा चढेर कुर्लेघाट भर्नुुभएको थियो । कुर्लेघाटबाट चालकछेउमा बसेर फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्र्याक्टरबाट खस्नुभएका उहाँको टाउकोमा पछाडिको पाङ्ग्राले किच्दा घटनास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । उहाँको शव परीक्षणका लागि आज…
