समाज

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

७ जेठ, धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले बताए । अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उनले जानकारी दिए । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ। डीएसपी भण्डारीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।
Read More
टिपरको ठक्करबाट बालिकाको मृत्यु

टिपरको ठक्करबाट बालिकाको मृत्यु

काठमाडाैं । उदयपुरको वेलका नगरपालिका–४ स्थित लालबजारमा टिपरले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएपछि रामपुर बजार शनिबार बिहानबाटै तनावग्रस्त बनेको छ। शुक्रबार दिउँसो तीन बजे लालबजारमा मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करबाट स्थानीय नवराज रानामगरकी चार वर्षीया छोरी एन्जिलाको घटनास्थलमै मृत्यु भएको थियो। टिपरले किचेर बालिकाको मृत्यु भएपछि स्थानीयको प्रदर्शन गर्दा दिनभर बजार क्षेत्र तनावग्रस्त भएको थियो। उनीहरूले दुईवटा टिपर, एउटा ट्र्याक्टरमा आगजनी गर्नुका साथै दमकल माथि पनि तोडफोड गरेका थिए। शनिबार स्थानीयहरूले बजार क्षेत्र बिहानैबाट बन्द गर्दा मदन भण्डारी राजमार्ग सूचारु हुन सकेको छैन। अहिले प्रदर्शनस्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन्। घटनाबारे सवारीधनीसँग बिहान…
Read More
देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल

देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल

७ जेठ , देउखुरी । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताउनुभएको छ । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उहाँले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताउनुभयो । प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ । बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन ।” राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम…
Read More
सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर

 रामबहादुर थापा ७ जेठ , गण्डकी ।  पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो । नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाउनुभएको थियो । राजसंस्थाको अन्त्यपछि विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए । नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले पहिलोपटक यही जेठ १५ गतेदेखि सर्वसाधारण र पर्यटकका लागि दरबार खुला गर्न लागिएको जानकारी दिनुभयो…
Read More
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

 ७ जेठ , मनहरी।  मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिका–५ पिप्ले क्याम्पा रङ्गशालामा गर्ने तय भएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारीलगायत हेटौँडा आइसकेका छन् । प्रतियोगितामा १३ खेल समावेश गरिएका छन् । उसु, जुडो र पौडी खेल काठमाडौँ तथा ललितपुरमा खेलाइने छन् । यस्तै क्रिकेट चितवनमा खेलाइने सदस्य सचिव भण्डारीले बताउनुभयो । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र…
Read More
मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

७ जेठ, म्याग्दी ।  म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ । धवलागिरि गाउँपालिका–७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि तीन वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गर्नुभयो । “खोल्सामा थुपारेको बोत्तल बाढीले बगाएर खेतमा ल्याएर थुपार्यो”, उहाँले भन्नुभयो, “खेतभरि सिसाको टुक्रा भएपछि बाली लगाउनै पाएको छैन, बाँझै राखिएको छ ।” नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहर…
Read More
एमसीसीको औपचारिक काम भदौदेखि थालिने

एमसीसीको औपचारिक काम भदौदेखि थालिने

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डलर (करिब ५० अर्ब रुपियाँ) बराबरको एमसिसी सम्झौता सन् २०१७ मा भएको हो। एमसिसी र सरकारबिच भएको सहमति अनुसार ५० करोड अमेरिकी डलरमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर परिचालन गर्नुपर्ने छ। यस अनुसार कुल ७१ अर्ब नेपाली रुपियाँ बराबरको खर्च विकासमा हुने छ। संसद्बाट परियोजना अनुमोदित भएसँगै नेपालमा कामको थालनी भएको समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । हालसम्म पूर्वतयारीका कामको प्रक्रिया जारी छ। उनले भने, “जग्गा अधिग्रहणको काम सुरु भयो, १० जिल्ला छोएर…
Read More
पूर्वीरुकुममा भूकम्पको धक्का

पूर्वीरुकुममा भूकम्पको धक्का

काठमाडौं । पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । भूगर्भविदहरुले पश्चिम नेपालमा वर्षौंदेखि ठूलो भूकम्प नगएका कारण सो क्षेत्र ठूलो भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् । यसअघि गत बैशाख २१ गते बाजुराको विछ्या केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी भेगलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
Read More
क्रिकेटर लामिछानेको मुद्दामा अन्तिम सुनुवाइको पेशी आज

क्रिकेटर लामिछानेको मुद्दामा अन्तिम सुनुवाइको पेशी आज

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ । अन्तिम चरणका बहसका लागि पटक-पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाको किनारा लाग्न सकेको छैन । सर्वोच्च अदालतले गत फागुन १५ फागुन नै शीघ्र सुनुवाइ गरी मुद्दाको किनारा लगाउन जिल्ला अदालतलाई आदेश गरे पनि बारम्बार पेशी तोक्ने र सुनुवाइ स्थगित हुने भईरहेको छ । आइतबार लामिछानेका वकिल सरोज घिमिरेले वहस गर्ने पालो छ । पछिल्लो पटक गत १९ वैशाख गते भएको सुनुवाइमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बहस गरेपछि मुद्दालाई हेर्दाहेर्दैमा राख्नु पर्नेमा न्यायाधीशले हेर्न नभ्याईनेमा राखेका थिए ।
Read More
भारतको अनुदान सहयोगमा बन्ने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

भारतको अनुदान सहयोगमा बन्ने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउन भारतीय दूतावास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी दुई परियोजनाको कूल अनुमानित लागत आठ करोड रुपैयाँ रहेको छ । यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् । यी दुई परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जानकारी दिएको छ । यी परियोजनाको निर्माणले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको…
Read More
Page 233 of 452
1 … 231 232 233 234 235 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.