समाज

बढैयाँताल गाउँपालिका वडा नं. १ काे वडा कार्यालयले धानकाे बीउ वितरण गर्दै

बढैयाँताल गाउँपालिका वडा नं. १ काे वडा कार्यालयले धानकाे बीउ वितरण गर्दै

बार्दिया । बर्दियाकाे बढैयाँताल गाउँपालिका वडा नं. १ काे वडा कार्यालयले धानकाे बीउ वितरणका लागि सूचाना जारी गरेकाे छ । कृषकहरुलाई राधाचार धानकाे बीउ वितरण गर्नकाे लागि सूचना जारी गरिएकाे वडाध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयाे । उहाँ अनुसार कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्न लागिएकाे हाे । वडा अध्यक्ष क्षेत्रीले जेष्ठ ५ गते बिहान १० बजे वडा कार्यालयमा धानको बीउ वितरण गर्ने भएकाले वडावासीलाई उपस्थितिकाे आग्रह लागि समेत गर्नुभयाे ।
Read More
चिनियाँ नागरिकका कारण नायब सुब्बाकाे जागिर धरापमा

चिनियाँ नागरिकका कारण नायब सुब्बाकाे जागिर धरापमा

काठमाडौं । भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा चिनियाँ नागरिकले विदेशबाट नेपालभित्र सुन तस्करी गरिरहेकाे घटना बाहिरिएको छ। त्रिभुवन भन्सार कार्यालयका एक कर्मचारी समातिएपछि घटनाको पर्दाफास भएको हो। अब ती चिनियाँ नागरिककाे पनि प्रहरीले खाेजी गरिरहेकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको (सीआइबी) टोलीले भन्सारका नासु रेवन्त खड्कालाई नियन्त्रणमा लिएपछि घटना बाहिरिएको थियो। त्यस्तै यस घटनामा जोडिएका अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको सीआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए। २६ वर्षीय नासु खड्का ४ वर्षअघि मात्र लोकसेवा पास गरेर सेवामा छिरेका थिए। एकवर्ष अघि उनी भन्सार कार्यालयमा पुगेका थिए। ‘घटना अनुसन्धानको क्रममा नै छ। अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान…
Read More
पदक विजेता मुक्केवाज सम्मानित

पदक विजेता मुक्केवाज सम्मानित

४ जेठ , काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । गत जनवरी १८ देखि २६ तारिखसम्म थाइल्याण्डको बैङ्ककमा भएको उक्त प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कास्यपदक जित्नुभएको थियो । पुरुष ८६ केजीमा विजय बाटाले नेपाललाई कास्यपदक दिलाउनुभएको थियो । सम्मानस्वरुप सुष्माले रु २० हजार पुरस्कार पाउनुभयो । सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा सबैभन्दा ठूलो पदक हो । बाँकी कास्यपदक विजेताले जनही रु १० हजार पुरस्कार पाउनुभयो । झापाकी त्रिशा भने प्राविधिक…
Read More
बाँदर आतङ्कले गाउँ रित्तिँदै

बाँदर आतङ्कले गाउँ रित्तिँदै

४ जेठ , गल्याङ।   स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ । गल्याङ नगरपालिका–३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाउनु भएको थियो । बिक्री हुने समय भएका करिब दुई क्विन्टल काँक्रा बाँदरको हुल पसेर खाएइदिएपछि उहाँ चिन्तामा पर्नुभएको छ । “खानाखान घरमा गएको थिएँ, खेतमा बाँदरको हुल पसेछ काँक्र सबै जुठो हालिदिने र खाइदिने गरेछ ।” उहाँले भन्नुभयोे, “जग्गा भाडामा लिएर खेती गरेको थिएँ, भाडा पनि नउठ्ने भयो ।” ‘एकजना अनिवार्य बाँदर…
Read More
तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

४ जेठ, डुम्रे । तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् । आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो । आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो । विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।
Read More
बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव

४ जेठ, बेनी । चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ । म्याग्दी नदीको किनार नजिकै बग्ने तातोपानीको मूललाई सङ्कलन गरिएको कुण्डमा स्नान गरी उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । तर कुण्ड परिसरमा पूर्वाधारको अभाव भएपछि समस्या भएको छ । धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत अन्तिम मानव बस्तीको रुपमा रहेको जेल्टुङ गाउँ नजिकै रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गरेमा थकान मेटिने भएकाले पर्यटक पुग्ने गरेका छन् । कुण्डमा स्नान गरेमा नसा, हाडजोर्नी र छालासम्बन्धी विभिन्न रोग निको हुने विश्वास गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि…
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति मागेको थियो। अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ। अनुसन्धानमा खुल्दै गएका तथ्यका आधारमा यो प्रकरण अब ठगीसम्बन्धी कसुर र संगठित अपराधमा मात्रै सीमित हुने देखिन्न। यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन्। जसमा अनुसन्धान भइरहेको ठगीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी (किर्ते) कसुर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट…
Read More
यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना

यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
Read More
आलेख : आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच

आलेख : आगोको भुङ्ग्रोेमाथिको अनौठो नाच

३ जेठ, भक्तपुर। मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोेमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए । साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भीड बढ्दै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतकोे घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो । केही व्यक्तिहरु…
Read More
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

३ जेठ,काठमाडौँ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गर्नुभएको छ । चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गर्नुभएको हो । नेपाल बिग माउण्टेन ट्राभलले आज यहाँ पत्रकार सम्मेलन गरी चनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गर्नुभएको जानकारी दिएको हो । नेपाल बिग माउण्टेन ट्राभलले उहाँको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिनुभयो । उहाँ महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ । शुई चो युआनले आफ्ना बुबा शुई…
Read More
Page 235 of 452
1 … 233 234 235 236 237 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.