ग्रिनसिटी अस्पतालको फार्मेसीमा म्याद गुज्रेका औषधी, विरामीको मृत्युपछि खुल्यो रहस्य
काठमाडौं । बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीले म्याद गुज्रेको (डेट एक्सपायर) औषधी विक्री गर्ने गरेको रहस्य खुलेको छ । फोक्सोमा पानी जमेका कारण उपचारका लागि गत आइतबार अस्पताल पुगेका गोरखाका ६२ बर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु भएपछि उक्त रहस्य खुलेको हो । बिरामीको मृत्युको विषयलाई लिएर सोमबार दिउसो आफन्तले फार्मेसी समेत तोडफोड गरेका थिए । भट्टको मृत्युपछि बाँकी बचेका औषधी फिर्ता गर्न जाँदा फार्मेसीले म्याद सकिएको औषधि फिर्ता नहुने बताएपछि आफन्त आक्रोशित बनेका थिए । म्याद गुज्रेको औषधी दिएका कारण भट्टको मृत्यु भएको भन्दै आफन्तले अस्पतलमा आन्दोलन गर्नुका साथै फर्मेसीमा तोडफोड गरेका थिए । पछि अस्पतालले उपचार शुल्क मिनाहा…
