विपी र पुष्पलालको पूर्णकदको सालिक एकै स्थानमा

Share Icon

८ जेठ, झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

विपी–पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानले सालिकको निर्माण गरेको हो । आइतबार साँझ दुवै महापुरुषको सालिक अनावरण गरिएको हो । देशका प्रथम निर्वाचित प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको पूर्णकदको सालिक पहिलो पटक एकै ठाउँमा स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो ।

सालिकको अनावरण गर्दै मेचीनगर नगरपालिका प्रमुख गोपाल बूढाथोकीले नेपालको इतिहास बोकेका दुईविपरीत विचारका महान नेताहरूको यो सालिकले विशेष महत्व राख्ने बताउनुभयो । कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, प्रदेश एकका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीलगायतले विपी–पुष्पलाल बाटिका र सहिद उद्यानका बारेमा चर्चा गर्नुभएको थियो ।

विसंं २०४८ देखि शीर्ष व्यक्तित्वको नाममा बाटिका स्थापना गरिएको थियो । हरेक वर्ष विपी–पुष्पलाल बाटिकामा नेपाली कांग्रेस र नेकपा ९एमाले०ले उहाँहरूको स्मृतिमा वृक्षरोपण गर्दै आएको छ ।

वडा नम्बर ६ को कार्यालय नजिकै रहेको १२ कठ्ठा जग्गामा फैलिएको सालिक तथा पार्क निर्माणका लागि पर्यटन कार्यालय काँकडभिट्टाले रु चार लाख ६० हजार, मेचीनगर–६ वडा कार्यालयले रु ५० हजार, मेचीनगर नगरपालिकाले रु एक लाख ८० हजार, कोशी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु ३५ लाख ८६ हजार र अध्यक्ष तामाङले रु दुई लाख ५८ हजार खर्च भइसकेको छ ।

उद्यानमा मुख्य बाटोको दुवैतर्फ फूल रोप्ने, ड्रेन निर्माण, बाटोमा टायल्स र मार्बल लगाउने, मेरो काँकडभिट्टा लेखन, बेञ्च निर्माण, सिँढी निर्माण, म्युजिक सिस्टम जडानले आन्तरिक तथा बाह्य पर्टकको मन लोभ्याउने गरेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.