Share Icon

काठमाडाैं । बर्दियामा मृगौला पीडित भिमराज सुनारकाे लागि बचाऔं अभियान सञ्चालन गरिएकाे छ ।

दुवै मृगौला फेल भएर उपचाररत गुलरिया नगरपालिका वडा नम्बर ९ रामपुर निवासी ३२ वर्षीय भिम बहादुर सुनारको उपचारमा आर्थिक सहयोगको लागि बचाऔं अभियान सञ्चालन गरिएकाे हाे ।

चिकित्सकहरुले सुनारको दुवै मृगौला बिग्रेर काम गर्न छाडेको र उपचारमा ठूलो खर्च आवश्यक पर्ने बताएपछि उहाँको उपचारमा सहयोगीहरुको खोजीका लागि अभियान सञ्चालन गरिएकाे पीडितका आफन्त तथा समाजसेवी तारा बहादुर सुनारले जानकारी दिनुभयाे।

उपचार गर्दै गर्दा पनि दुवै मृगौलाले काम गर्न छोडेपछि हाल डाइलासिस भैरहेको र डा. को सल्लाह बमोजिम मृगौला प्रत्यारोपन गर्नुपर्ने हुँदा थप आर्थिक समस्या भएपछि बचाऔं अभियान सञ्चालन गरिएकाे हाे ।

उपचारमा सबै पैसा सकिएको र लघुबित्तीय संस्थाको ऋण समेत उपचारमा खर्च भएकोले अहिले पीडितको अवस्था झन् दयनिय बन्दै गएको छ।

पीडित भिम बहादुर सुनारको एक ६ वर्षीय छोरा र २ छाेरी रहेका छन् । पीडीतको आर्थिक अवस्था निकै कमजोर भएको कारण घरको मुली मान्छे नै थला परेपछि अहिले कहि कतैबाट आउने आर्थिक स्रोत नभएपछि पीडित भिम बहादुर सुनारको परिवार अत्यन्त पीडामा छ ।

पीडित सुनारको जीवन रक्षाको लागि सक्दो आर्थिक सहयोग गरिदिनहुन साथीभाइ, मित्र, आफतजन, देश तथा विदेशमा रहनु भएका सम्पुर्ण मनकारीहरुमा सहयाेगका लागि उनका परिवारले अपिल गरेका छन् । सुनारको उपचारमा सहयोग गरिदिन भन्दै समाजिक संजालमार्फत आग्रह गरिएको छ ।

सहयाेगका लागि सम्पर्क नम्बर
Sangita sunar
Ac.04900501206822
Everest bank limited
Gulariya
Mob.9745630760
इ सेवा (9848111526)

Facebook Comments Box

Share Icon