खोला नतरे स्कुल जान पाइँदैन
कपिलवस्तु । बिहानको साढे नौ बजेको छ । हातमा किताब कापी बोकेका विद्यार्थी हात ठाडो पारेर किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो । चिरई खोलामा पुल नहुँदा दैनिक २ सय ६५ भन्दा बढी विद्यार्थी जोखिम मोलेरै विद्यालय आउजाउ गर्छन् । वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीमा अध्ययनरत विद्यार्थी वर्षाको उर्लंदो भेल होस् वा हिउँदको चिसो जोखिम मोलेर खोला वारपार गर्न विवश छन् । वरिपरि स्कुल र पुल…
