चीनियाँ कम्पनीको सुस्तीः ४ वर्षमा सक्नु पर्ने फास्ट ट्रयाकको प्रगति ६ वर्षमा २५ प्रतिशत
काठमाडौं । तराई–मधेस–फास्ट ट्रयाक सडक आयोजना सुस्त गतिमा अघि बढ्दा लागत बढेको वढै छ। सुरुमा चार वर्षमा सम्पन्न गर्ने भनिएको योजना ६ वर्ष वितिसक्दा समेत २५ प्रतिशत मात्रै प्रगति भएको छ । २०७८ वैशाखभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने आयोजना ढिलाई हुँदा लागत खर्च बढेर दोब्बरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको छ। एसियाली विकास बैंक (एडिबी)ले सन् २००८ (२०६५साल) मा गरेको सम्भाव्यता अध्ययनमा आयोजनाको लागत करिब ३ अर्ब रुपैयाँ अनुमान गरेको थियो । सन् २०१४ (३०७१ साल) मा संसदको तत्कालीन…
