कलाकारसहित सञ्चारकर्मी पुरस्कृत

Share Icon

१६ जेठ, काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । उक्त अवसरमा पत्रकारितामार्फत ललितकलाको क्षेत्रमा गरिएको योगदानको मूल्याङ्कन गर्दै राष्ट्रिय समाचार समिति ९रासस० का समाचारदाता ढुङ्गानालाई रु २५ हजार राशिको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारमध्येबाट उहाँलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो । यस्तै कलालेखन पुरस्कार भने नरेन्द्रप्रसाद पौडेलले प्राप्त गर्नुभएको छ ।

यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान सङ्गीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतका रूपमा अनिल चित्रकारलाई सम्मान गरिएको थियो । ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा सुरु यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्ने कलाकार प्रा राधेश्याम मुल्मीलाई ताम्रपत्रबाट सम्मान गरिएको थियो ।

यस वर्ष ललितकलातर्फ अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिएको छ । सासामयिक चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई तथा ललितकला विशेष पुरस्कार रीता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरिएको छ ।

परम्परागत चित्रकला विधामा यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार राजप्रकाशमान तुलाधर र यसै विधामा ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरिएको छ । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरिएको छ भने यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ ।

हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरिएको छ । सोही विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरिएको छ । लोककला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरिएको छ भने सोही विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योतिकुमारी सापकोटा कर्णलाई प्रदान गरिएको छ ।

परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो भने यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरिएको थियो । समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरिएको छ भने यसै विधामा ललितकला विशेष पुरस्कार टीकाराम पौडेल ९शशि किरण० र मीना कायस्थलाई प्रदान गरिएको छ ।

यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेस प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान ९आरके०, गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो । अरनिको सम्मानको राशि रु एक लाख रहेको छ भने राष्ट्रिय ललितकला पुरस्कारको राशि रु ६० हजारको छ । यस्तै ललितकला विशेष पुरस्कार र प्रादेशिक पुरस्कार रु २५ हजार राशिको थियो । कार्यक्रममा प्रतिष्ठानमा उत्कृष्ट कर्मचारीको सम्मान सविना पोखरेल र सुरेन्द्र गौतमलाई प्रदान गरियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.