गर्मी बढेपछि विराटनगर र जीतपुर सिमराका विद्यालयमा २ दिन बिदा
१८ जेठ, विराटनगर । गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् । अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु…
