Share Icon

♥ उमेश दलामी

११ जेठ ,बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. २ अगैया स्थित राप्ती नदीमा एका बिहानै मान्छेहरुको निकै भिड थियो, झम झम पानी परिरहेको समयमा खोला वरिपरि स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको भिड थियो, एकाएक राप्ती नदीको बाढीमा बग्दै गरेको केहि

मानिसहरु देखिन्छन् बचाउँ बचाउँ भनिरहदा सशस्त्र प्रहरीको उद्दार टोली बचाउने प्रयास गरेको देखिया, एकातिर उद्दार एका तिर घइतेहरुको प्रारम्भिक उपचार चलिरहेको देखिन्यो भने, मानिसहरु आफैले बनाएर कृत्रिम सामाग्री द्धारा बाढीमा तैरिने प्रयास पनि गरिरहेको देखिन्थे ।

केहि घन्टा देखि राप्ती नदीमा हराई रहेका एक जना व्यक्तिको गोताखोर टोलीले खोजिरहेका देखिन्थे । तर यो बास्तविक भने होइन, तालिम प्राप्त सशस्त्र प्रहरीको रियलसल मात्रै थियो ।

बिहीबार सशस्त्र प्रहरी बल ५ न। विन्ध्याबासिनी बाहीनी मुख्यालय चन्द्रौटा कपिलबस्तुको आयोजनामा मनसुन एवम विपद जन्य घटनामा आधारित कृत्रिम अभ्यास गरिएको हो ।

कृत्रिम अभ्यास कार्यक्रमलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरिक्षक विदुर खड्काले मनसुन र विपदको समयमा सशस्त्र प्रहरी बल पुर्ण अवस्थामा तयार रहेको बताएका छन् । भैपरी आउन सक्ने जोखिमलाई मध्ये नजर गर्दै सशस्त्र प्रहरीको तालिम प्राप्त जनशक्ति तयार गरेको उल्लेख गरेका हुन ।

बर्षातको समयमा बाँके, बर्दिया, दागं कपिलबस्तु उच्च जोखिममा रहेको जनाउँदै सशस्त्र प्रहरी पुर्ण रुपमा तयारी हालतमा रहेको उल्लेख गरेका हुन । सशस्त्र प्रहरीले कृत्रिम अभ्यास गर्नुले पनि अनुभव बढ्ने भन्दै आफ्ना तालिम प्राप्त कर्मचारीलाई २४ र्औ घन्टा तयारी हालतमा बस्न निर्देशन दिए ।

कार्यक्रममा २९ न। गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक गोपाल श्रेष्ठ, ३० न.गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश विक्रम शाही, ४२ न। गणका गणपति अशोक कुमार लम्साल र ४१ न. गणका गणपती प्रहरी उपरिक्षक पुरन चन्द्र भट्ट लगायत पत्रकार, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Share Icon