समाज

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

११ जेठ, भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो । यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिनुभयो । यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र गरिने महतोले बताउनुभयो । निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर…
Read More
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

रुकुम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका-८ की रेखा खत्री र उनको सानो छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन । जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको थियो ।
Read More
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणका कारण प्रहरीभित्रको टक्कर सतहमा

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण प्रहरीभित्रको टक्कर सतहमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ। एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो। खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो। एकै ब्याचका तर, अहिले आइजिपी भएका कुँवर र एआइजिपी श्याम ज्ञवालीबीचको टक्कर सतहमा आएको हो। एआइजी ज्ञवाली मातहतमा अनुसन्धान भइरहेको भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि एसएसपी रहेका हालका आइजिपी कुँवर र सचिव पाण्डेबीच भएको संवाद सार्वजनिक गर्ने भूमिकामा ज्ञवाली रहेको भन्दै कुँवरले असन्तुष्टि व्यक्त गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ…
Read More
नक्कली भुटानी शरणार्थी प्रकरण : गम्भीर आरोप, कमजोर प्रमाण

नक्कली भुटानी शरणार्थी प्रकरण : गम्भीर आरोप, कमजोर प्रमाण

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा चार कसुरमा अभियोगपत्र दर्ता गराएको छ। २७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, , सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी भएका १४ जना फरार छन्। नक्कली भुटानी शरणार्थीको विषयमा प्रहरीको ६० दिने अनुसन्धान पूरा भएपछि सरकारी वकिलको कार्यालय…
Read More
जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

सप्तरी । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेको अनौठो घट्ना उजागर भएको छ । स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित, मौखिक परिक्षा र ट्रायल परिक्षण लगायतका प्रक्रियामा सफल भए मात्रै सवारी चालक अनुमती प्रमाण पत्र पाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ । तर, यहाँ स्थित राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस हाल खडक नगरपालिका ७ वस्ने मो.मन्जुर मियाँको २२ वर्षीय छोरा मो.सैयद मियाँले त्यस्तो कुनै प्रक्रिया नै पुरा नगरी सवारी चालक अनुमतीपत्र…
Read More
आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ । आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित…
Read More
‘चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे’

‘चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे’

काठमाडाैं । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन रणनीति बनाइरहेकाे बताएका छन्। जनकपुरमा अभियानले आयाेजना गरेकाे नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बाेल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन रणनीति बनाइरहेकाे बताएका हुन् । उनले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे । उनले भने,'उतर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेकाे छ, चीनले देश भित्र राजनीतीक हस्तक्षेप गर्नुका साथै अघोषित नकाबन्दलाई निरन्तरता दिइरहेकाे छ।' उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको समेत खुलासा गरे । उनले भने,'चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज…
Read More
कमिसननकाे खेलमा महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना

कमिसननकाे खेलमा महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना

काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्‍याएको छ। शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने चीनबाट सैन्य…
Read More
चालु आर्थिक वर्षकाे बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न  भएकाे छ : वडा अध्यक्ष सिंह भाट

चालु आर्थिक वर्षकाे बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न भएकाे छ : वडा अध्यक्ष सिंह भाट

१० जेठ , काठमाडौँ ।  बैतडी जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने यो नगरपालिकाको केन्द्र मेलौली वजार जिल्ला सदरमुकाम बैतडीबाट करिव ३५ किलोमिटर को दुरीमा पर्छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा मेलौली नगरपालिका ९ वटा वडामा बिभाजन गरिएको छ। गगन सिंह भाट समाज सेवामा आवद्ध रहेका गगन सिंह भाट २०७९ सालको स्थानिय तहको निर्वाचनमा मेलौली नगरपालिका वडा नम्बर ३ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ। चालु आर्थिक बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न गरेरेको बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष भाटले उल्लेख गर्नुभयो । वडा अध्यक्ष भाटले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना,…
Read More
Page 227 of 452
1 … 225 226 227 228 229 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.