नक्कली भुटानी शरणार्थी प्रकरणका कारण प्रहरीभित्रको टक्कर सतहमा
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ।
एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो। खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो।
एकै ब्याचका तर, अहिले आइजिपी भएका कुँवर र एआइजिपी श्याम ज्ञवालीबीचको टक्कर सतहमा आएको हो।
एआइजी ज्ञवाली मातहतमा अनुसन्धान भइरहेको भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि एसएसपी रहेका हालका आइजिपी कुँवर र सचिव पाण्डेबीच भएको संवाद सार्वजनिक गर्ने भूमिकामा ज्ञवाली रहेको भन्दै कुँवरले असन्तुष्टि व्यक्त गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
Facebook Comments Box
Related posts:
शारीरिक अस्वस्थ्य भएका व्यक्तिलाई सहयोग
नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ पक्राउ
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाैँ : अध्यक्ष...
नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष श्रेष्ठ