समाज

बारागढी गाउँपालिका सदस्य रामएकवाल हजराकाे निधनप्रति श्रद्धांजलि व्यक्त

बारागढी गाउँपालिका सदस्य रामएकवाल हजराकाे निधनप्रति श्रद्धांजलि व्यक्त

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिका सदस्य रामएकवाल हजराकाे निधन भएकाे छ । गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले हजराको आफ्नै घरमा विधुत्तिय चार्जर लगाउने क्रममा करेन्ट लागेर निधन भएकाे हाे । उहाँकाे अनुसार हजराको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा निधन हाे । गाउँ कार्यपालिका सदस्य हजराकाे श्रद्धांजलि कार्यक्रम पनि सम्पन्न गरिएकाे छ । श्रद्धांजलि कार्यक्रममा गाउँपालिका अध्यक्ष जयसवालले कार्यपालिका सदस्य मेहनति,इमान्दार,जुझारु तथा अति नै मिलनसार र सामाजिक सदभाव भएका आदरणिय काका रामएकवाल हजराकाे अल्पआयुमा निधन भएकोमा मृतक काका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरेकाे छन् । साथै उहाँले निजको घरपरिवार एवम् बारागढी गाउपालिका सम्पुर्ण परिवार लगायत सबैमा धेर्य धारणको कामना गर्दै हार्दिक…
Read More
चिनियाँ अपराधीहरुको जक्सन बन्दै ठमेल

चिनियाँ अपराधीहरुको जक्सन बन्दै ठमेल

काठमाडाैं । पछिल्लो तथ्यांक हेर्दा नेपालबाट आफ्नै देश फर्काइएकाहरुमध्ये अधिकांस चिनियाँ पर्छन् । उनीहरुले गरेको अपराधिक कामको फेहरिस्त हेर्ने हो भने अधिकांसको कनेक्सनसँग देखिन्छ । अधिकांसलाई ठमेलबाट नै पक्राउ गरिएको छ । नेपालमा चिनियाँ ह्याकरको गिरोह होस् वा मानव बेचबिखनमा संलग्न भएका चिनियाँहरु नै हुन्, अधिकांसलाई ठमेलबाट नै पक्राउ गरिएको छ । त्यस्तै सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले गत साउन १४ गते दावा छिरिङलाई ठमेलस्थित होटेल भियनाबाट नियन्त्रणमा लियो । यो प्रकरणमा भारतीय नागरिकलाई अनलाइन लोनमार्फत ठगीसमेत गरेको आरोप लागेका चिनियाँ मुलका छिरिङ लामो समयदेखि ठमेलमै बस्छन् । यति मात्र होइन, साउन ४ गते विभागले सुनका मालिक भनिएका…
Read More
‘वन क्षेत्रलाई रोजगारी–आम्दानीको स्रोत बनाउनुपर्छ’

‘वन क्षेत्रलाई रोजगारी–आम्दानीको स्रोत बनाउनुपर्छ’

२५ साउन,काभ्रे । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन दिवस–२०८० का अवसरमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविस्थित अल्छेचौरमा नेकपा (एमाले) वन तथा वातावरण विभागद्वारा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले वन क्षेत्रको सुरक्षा गर्दै यसको बहुआयामिक ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभएको हो । “अबको समयमा वन क्षेत्रलाई रोजगारी र आम्दानीको स्रोत बनाउने काम गर्नुपर्दछ”, पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो, “वनक्षेत्रलाई व्यवस्थितरूपले सुरक्षित गर्दै ठूला रुखमा लहरेफल तथा मसलाजन्यलगायत फलफुल हावापनी अनुकूल रोपेर सदूपयोग गर्नुपर्दछ ।” उहाँले सामुदायिक वनसँग मिलेर ‘वनलाई वनको रूपमा विकास गर्न’ स्थानीय तहलाई…
Read More
कानुनमन्त्री डा. गुरुङ अस्पताल भर्ना

कानुनमन्त्री डा. गुरुङ अस्पताल भर्ना

२५ साउन,काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा धनराज गुरुङ अस्पताल भर्ना हुनुभएको छ । मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरुङलाई ब्लड प्रेसर लो भएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । मन्त्री गुरुङलाई हाल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि नेतृत्वको टोलीले उपचार गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वकीय सचिव केसीले बताउनुभयो ।
Read More
व्यवस्थित बन्दै ‘हापुरे’ : शान्तिवार्ता भएको घर खोज्छन् बटुवा

व्यवस्थित बन्दै ‘हापुरे’ : शान्तिवार्ता भएको घर खोज्छन् बटुवा

२५ साउन,तुलसीपुर । इतिहास बोकेको दाङको हापुर व्यवस्थित सहर बन्ने भएको छ । हापुरे बजारको बस्ती विकास तथा सहरीकरण गर्नका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटले बजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हुने जनाइएको छ । हापुरेमा तत्कालीन समयमा तत्कालीन सरकारका प्रतिनिधि र माओवादीका नेताका बीचमा शान्ति वार्तासमेत भएको हो । वार्ता भएपछि त्यो बजारका राष्ट्रियरुपमा चर्चा भएको थियो । त्यस्तै दाङ–सुर्खेत सडकखण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ । माओवादीले विसं २०५२ मा थालेको जनयुद्धको तेस्रो वार्ता २०६० सालमा हापुरेमा भएको थियो । सो वार्तामा माओवादीकोतर्फबाट डा बाबुराम भट्टराई, रामबहादुर थापा…
Read More
पहिलेको झाडी अहिले कागती बगैँचा

पहिलेको झाडी अहिले कागती बगैँचा

२५ साउन,दाङ । पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् । गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरेपछि उहाँको दैनिकी फेरिएको छ । चौतिस वर्षिय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गर्नुभएको हो । बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताउनुभयो । विसं २०७४ मा यहाँको १०…
Read More
कांग्रेसका सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

कांग्रेसका सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

२५ साउन,काठमाडौँ ।नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँलाई किन नियन्त्रणमा लिइएको हो भन्ने विषय खुलाइएको छैन ।
Read More
वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

२५ साउन,जाजरकोट । उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो । स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान कार्यक्रमअनुसार सम्झौता सहयोग पुग्ने बताइएको छ । यस नगरपालिकाले जोखिमपूर्ण अवस्थामा रहेका सर्वसाधारणको जीवनस्तर माथि उठाउन कोष स्थापना गरेको छ । विभिन्न लघुवित्तले जनतालाई चर्को ब्याज लिएर समस्यमा परिरहेको समयमा सहुलियतपूर्ण कर्जा लागू गरी जनताको जीवनस्तर उकास्न सहयोग मिल्ने अपेक्षा लिइएको नगरप्रमुख…
Read More
संघीय संसद  : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा …

संघीय संसद : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा …

–प्रकाश सिलवाल २५ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् । सत्तापक्षले राज्यका सम्बन्धित निकायबाट हुने छानबिनमा सघाउन र यसको प्रतिवेदन आउने समयसम्म धैर्य गर्न प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० लाई आग्रह गरे पनि एमालेले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर मात्रै अनुसन्धान गहिराइमा पुग्ने भएकाले आफू त्यस अडानबाट पछि नहट्ने जनाउँदै आएको छ । सदनको जारी गतिरोध र संसदीय समितिका सभापतिको चयनलगायतका विषयमा छलफल गर्न…
Read More
चलचित्रको सेल्युलाइड युग

चलचित्रको सेल्युलाइड युग

–भेषराज कार्की २५ साउन, काठमाडौँ । चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । किनकी प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन । यो समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको…
Read More
Page 151 of 452
1 … 149 150 151 152 153 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.