समाज

सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

२४ साउन,राँझा। बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन् । आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका…
Read More
तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

२४ साउन,तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ । स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् । तर पनि त्यसको स्थायी व्यवस्थापन गर्न सकिएको छैन । स्थायी व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा जग्गासमेत खरिद गरियो । तर त्यहाँका बासिन्दाले फोहर फाल्न दिएका छैनन । अन्य स्थानको पनि खोजी भइरहेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । हाल तुलसीपुर–१८, १९ र १६ का विभिन्न स्थानमा फोहर व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेको छ । “हामीले विभिन्न स्थानमा जग्गा हेरेका छौँ, वडा नं १६ ले…
Read More
मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

२४ साउन,मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ । मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । यससँगै उक्त पहिरामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलबार साँझ जीवितै उद्धार गरिएको थियो ।…
Read More
पहिरोमा पुरिएर बालकको मृत्य

पहिरोमा पुरिएर बालकको मृत्य

२४ साउन,दोलखा । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ । उनी गए राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् ।
Read More
विषालु च्याउ खाँदा १२ जना बिरामी

विषालु च्याउ खाँदा १२ जना बिरामी

२४ साउन,दिपायल । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली रहेका छन् । बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको…
Read More
नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने चिनियाँ ठेकेदारलाई म्याद थप

नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने चिनियाँ ठेकेदारलाई म्याद थप

काठमाडाैं । सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो। कोभिड १९ र अन्य कारणले गर्दा ठेकेदार कम्पनीलाई एक वर्षको म्याद यसअघि नै थप गरिसकिएको थियो। थप गरिएको एक वर्षे म्याद पनि २०८० साउन २२ गते (सोमबार) बाट सकिँदैछ। यो आयोजनाको ठेकेदार कम्पनीले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा समष्टिगत रूपमा २० प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ। अहिले आयोजनाको समष्टिगत भौतिक प्रगति ३७.१७ प्रतिशत मात्रै छ।…
Read More
भक्तपुरकाे खरिपाटीमा रहेकाे ‘नियाना मन्टेश्वरी’ अभिभावककाे राेजाइमा, यस्ता छन् राेजाइमा पर्नुका कारण

भक्तपुरकाे खरिपाटीमा रहेकाे ‘नियाना मन्टेश्वरी’ अभिभावककाे राेजाइमा, यस्ता छन् राेजाइमा पर्नुका कारण

काठमाडौं । भक्तपुर चागुनारायण नगरपालिका–७ खरिपाटीमा सञ्चालित नियाना किन्डरगार्टेन प्रि–स्कुल छाेटाे समयमै अभिभावकाे राेजाइमा पर्न थालेकाे छ । साढे २ वर्षअघि स्थापना भएको सो मन्टेश्वरीमा पी.जी., नर्सरी, एल.के.जी र यु.के.जी सम्मका साना नानीबाबुहरुले पढ्दै आएका छन् । स्थापनाकालमा एक जनाबाट सुरु भएको सो मन्टेश्वरीमा क्रमशः बालबच्चा थपिन थाले । सस्तो शुल्क र पारिवारीक रुपमा बालबालिकासँग खेल्दै सिक्दै गर्ने अवधारणा अनुसार मन्टेश्वरीमा हाल ६२ जना बालबच्चा पढ्छन् । छोरी नियाना खड्काबाट पहिलो पटक पढाइ सुरु गरिएकाले मन्टेश्वरीको नाम पनि नियानाकै नामबाट राखिएको मन्टेश्वरीकी प्रिन्सिपल सविता खड्का बताउँछिन् । व्यवहारिक रुपमा अनुभवी शिक्षक शिक्षिका र प्रविधिको माध्यमबाट बालबालिकालाई पढाउने गरिएको खड्का बताउँछिन्…
Read More
सुन प्रकरणपछि चिनियाँ नागरिकमाथि कडा निगरानी

सुन प्रकरणपछि चिनियाँ नागरिकमाथि कडा निगरानी

काठमाडौं। राजश्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेबाटै निगरानीमा रहेका चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि थप निगरानीमा राखेको छ । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिइ संस्थागत रुपमा आईटीको काम गर्ने भन्दै बसेका उनीहरुले सुन तस्करीमासमेत संलग्न रहेको शंकामा उनीहरु निगरानीमा परेका हुन् । प्रहरीले केही चिनियाँ नागरिकलाई अन्तरदेशीय संगठित अपराधमा अनुसन्धान शुरु गरेको छ । गत साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक सय किलो सुनसँग सम्बन्धित रहेर बरामद भएका आवश्यक कागाजात, प्रमाण र पक्राउ परेका व्यक्तिहरुलाई आइतबार प्रहरीको प्रधान कार्यालय मार्फत सीआईबीलाई दिएपछि अनुसन्धान…
Read More
शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट

शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट

२३ साउन,काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाएको छ । निजी विद्यालय सञ्चालकका सङ्गठनहरुले आज संयुक्तरुपमा पत्रकार सम्मेलन गरी आफूहरुको सम्पत्तिको हकको सम्मानसहित विधेयकको मस्यौदा संशोधन गर्न माग गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान)ले गरेको संयुक्त पत्रकार सम्मेलनमा विधेयकमा राखिएका केही प्रावधान प्रति असन्तुष्टी जनाएको छ । निजी लगानीका संस्थागत विद्यालयप्रति पूर्वाग्राही र संविधान विपरीत, अव्यवहारिक र अन्यायपूर्ण भएको उनीहरुको भनाइ छ ।…
Read More
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

२३ साउन,काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो । विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै…
Read More
Page 153 of 452
1 … 151 152 153 154 155 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.