भारतकाे झण्डै सात करोड सहयाेगमा निर्माण भएकाे विद्यालय भवनकाे उद्घाटन
काठमाडौं । शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा विद्यालयको नवनिर्मित भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष श्री घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री इन्द्र बहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुईटेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थानका प्रतिनिधि लगायत अन्यको उपस्थिति रहेको थियो । नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण…
