हामी आगामी दशैँमा जनतालाई पानी खुवाउँछाैँ : घननाथ पाैडेल(भिडियाेसहित)
स्थानीय विकासकाे आधार जनजनमा सञ्चार भन्ने मुल उद्देश्यका साथ सञ्चालित वडा खबर डटकमले आज खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाका अध्यक्षसँग गरेकाे कुराकानीकाे पस्केका छाैँ ।
तिलाेत्तमा वडा नम्बर ११ कटानीमा वि.स. २०७६ सालमा संघीय प्रदेश सरकार तथा जनसहभागिताबाट स्थापित भएकाे भुल्के खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाका अध्यक्ष घननाथ पाेडेलसँग वडा खबरका संवाददाता दिपक न्यापानेले खानेपानी निर्माण र वितरण लगायतकाे काम कसरी भइरहेकाे छ भन्ने विषयमा गरेकाे कुराकानीकाे सम्पादित अश:
यस भुल्के खानेपानी आयाेजनाकाे लागत र क्षमता कति हाे ?
लागतकाे कुरा गर्ने हाे भने प्रदेश सरकारकाे इस्टिमेटअनुसार १६ कराेड रूपैयाँ रहेकाे छ । अहिले हामी निर्माण चरणकाे तेस्राे वर्षमा प्रवेश गरेका छाैँ र याे खानेपानीकाे क्षमता साढे ४ लाख लिटर रहेकाे छ ।
भुल्के खानेपानी सञ्चालनमा आएपछि यस क्षेत्रका कति लक्षित वर्गसम्म सेवा पुर्याउने लक्ष्य राख्नु भएकाे छ ?
याे तिलाेत्तमा नगरपालिका वडा नम्बर ११ काे अधिकांश टाेलहरूमा हाम्राे खानेपानी विस्तार हुनेछ । त्यसमा गणेश नगरदेखि गाईघाट, कटानी, भुल्का, रामनगर मृगाैली, कालिका स्थान, बेलडाँडा, पिपल डाँडा, नयाँ वस्ती र कुमारीकाे पूर्वी छेउसम्म हामी पाइप लाइन विस्तार गरिरहेका छाैँ ।यस खानेपानी आयाेजनाबाट करिब २५ सयदेखि ३ हजार उपभाेक्ता लभान्वित हुनेछन् ।
जनतकाे घरदैलाेमा पानी पुग्न जस्तै धारा जडान र मिटर जडानकाे काम गर्न बाँकी नै छ, यसलाई कसरी अगाडि बढाउने याेजना बनाउनु भएकाे छ ?
हामी अहिले खानेपानी आयाेजना निर्माणकाे अन्तिमअन्तिम चरणमा आइपुगेका छाैं, हामीलाई काेभिडले गर्दा अलि ढिलाे भएकाे हाे, तर अहिले काम अन्तिम चरणमा पुगेकाे छ साथै पाइप लाइन करिब ७० किलाे मिटर विस्तार भइसकेकाे छ, अब हामी धारा र मिटर जडानकाे काममा तीव्रता दिन्छाैँ।
यस क्षेत्रका जनताले पानी कहिलेसम्म खाना पाउछन् ?
हामी निरन्तर विगत ३ वर्षदेखि जनतालाई पानी खुवाउनकै लागि दिनरात आयाेजना निर्माणमा लागिरहेका छाैँ । यसकाे लागि हामी हरेक टाेलमा पुगेका छाैँ, सकभर हामी आगामी दशैँसम्म जनतालाई पानी खुवाउन सक्छाैँ ।