समाज

चीनबाट आयात भएको मदिरा नष्ट

चीनबाट आयात भएको मदिरा नष्ट

हुम्ला । चीनबाट आयात भएको मदिरा विओपी र नेपाल प्रहरीले नष्ट गरेको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा ५ को हिल्सा नाका खुलेलगत्तै चिनियाँ मदिरा जिल्लामा ठूलो मात्रामा भित्रिएको सूचना पाएपछि विओपी र नेपाल प्रहरीले मदिरा बरामद गरी नष्ट गरेको हो । चीनका विभिन्न बजारबाट आएको ४७ काटुन चिनियाँ मदिरा हिल्सामा नै नष्ट गरिएको हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उपरीक्षक भट्टराईका अनुसार चीन र नेपालको हिल्सा नाकाबाट आउँदै गरेको चिनियाँ मदिरा विओपी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर शनिबार नष्ट गरेको हो । उक्त मदिरा बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । चिनियाँ…
Read More
नेपाल-भारत साहित्यिक समाराेह सम्पन्न, विभिन्न पुस्तक विमाेचन

नेपाल-भारत साहित्यिक समाराेह सम्पन्न, विभिन्न पुस्तक विमाेचन

काठमाडाैं । भारतीय दूतावास, काठमाडौंले नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’मा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको उपस्थितिमा बि.पी कोइराला फाउण्डेशनको सहकार्यमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल मे हिन्दी’ सार्वजनिक भएको दूतावासले जनाएकाे छ । नेपाली कवि श्री स्नेह सायमी र राजेन्द्र शलभको अनुपम काव्य संग्रह 'उजले के रंग' र श्री स्नेह सायमीको नेपाली कविता बाध्यता 'चश्मा र अन्काको वार्ता' बारे छलफल भएकाे थियाे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा श्वेता दिप्ती, प्रख्यात कवि श्री विधान आचार्य र वरिष्ठ साहित्यकार डा रामदयाल राकेशले आफ्नो विचार राखेका थिए । प्रमुख…
Read More
सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला

काठमाडौं । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए । तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागकिरता फेला परेको पनि उनले बताए । हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) अनुसन्धान गरिरहेको छ । गत साउन ३ गते ठीक एक महिनाअघि राजस्व अनुसन्धान विभागले…
Read More
सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता

सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको जनाएको छ । ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा सीआईबीले सुन तस्करी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउँ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् । चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको पाइएको अनुसन्धान अधिकारीले बताएका छन् ।
Read More
६० किलो सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

६० किलो सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । यद्यपि, हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित…
Read More
धान, चामल र चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र

धान, चामल र चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र

काठमाडौं । नेपाल सरकारले भारत सरकारसँग धान, चामल र चिनी आयातका लागि पत्र लेखेको छ । आगामी चाडपर्वमा सम्भावित खाद्यान्नको अभाव हुन नदिन भारतलाई धान, चामल र चिनी माग गर्दै पत्र लेखिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीका अनुसार गत हप्ता परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाइएको थियो । ‘नेपालले भारतसँग १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गरेको छ,’ उनले भने । हाल नेपालमा चामल र चिनीको अभाव छैन । तर, भारतले बासमतीबाहेकको चामल अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि प्रतिबन्ध लगाएसँगै आगामी दिनमा अभाव हुने आङ्कलन गरिएको छ ।…
Read More
चीनले किमाथाङ्का नाका नखोल्दा संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न संकट

चीनले किमाथाङ्का नाका नखोल्दा संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न संकट

संखुवासभा । संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो । नाका खुलाउन सरकारसँग हारगुहार गरेपनि सुनुवाई नभएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभएको छ । हिमाली क्षेत्रमा केही दिन यता हिउँ परेर जनजीवन कष्टकर बनेपछि खाद्यान्न संकट झन चुलिएको छ । यस क्षेत्रमा आलु, मकै, गहुँ, जौ मात्रै उत्पादन हुने भएकाले अन्य खाद्यान्नका लागि चिनियाँ बजारमा भर पर्नुपर्ने बाध्यता छ । खाद्यान्न संकट चुलिएपछि तीन/चार दिन भरियालाई बोकाएर खाद्यान्न वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष नुर्पु…
Read More
सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सय किलो सुन प्रकरण भनेर प्रख्यात भएको यस काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सय किलो पक्राउ परेको सुन गालेर हेर्दा ६० किलो ७ सय १६ ग्राम मात्र पाइए पनि नेपालबाट तस्करी भएर भारततर्फ सयौं किलो गइसकेको पुष्टि भइसकेको छ । अन्तर्राष्ट्रिय गिरोहकै सक्रियतामा भइरहेको सुन तस्करीमा चिनियाँ नागरिकको सहभागिता अत्यधिक हुन थालेपछि अनुसन्धानको जिम्मा पाएको सिआइबीले नेपालमा बसिरहेका र ओहोरदोहोर गरिरहेका चिनियाँहरूमाथि निगरानी बढाएको छ । गत साता पनि दुई जना चिनियाँ नागरिकसहित प्रमुख नेपाली अभियुक्तको आरोप लागेका राकेश अडुकियाका…
Read More
भारतले अनुदानमा दिन लागेका दुई हेलिकप्टरको सम्झौता गर्न प्रधान सेनापति दिल्ली जाँदै

भारतले अनुदानमा दिन लागेका दुई हेलिकप्टरको सम्झौता गर्न प्रधान सेनापति दिल्ली जाँदै

काठमाडाैं । भारतीय सेनाले नेपाली सेनालाई अनुदानमा दिन लागेको दुई वटा हेलिकप्टरको सम्झौताका लागि नेपाली सेना प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन्। ‘ध्रुव’ नामका दुईवटा एडभान्स लाइट हेलिकोप्टर (एएलएच) को सम्झौताका लागि शर्मा भदौ ७ गते भारत जाने कार्यक्रम छ। ५ दशमलव ५ टनका यी हेलिकोप्टर भारतले सैनिक र सिभिल प्रयोगका लागि मिल्ने गरि डिजाइन गरेको छ। जुन यसअघि भारतले मौरिसस, मालदिभ्स र इक्वयडरलाई पनि दिएको छ। यो हेलिकोप्टरको मूल्य ७ देखि ९ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ। यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा नोभेम्बर २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए। त्यसबेला मोदीले…
Read More
सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधवार थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइने छ । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतले बताए । राजस्व…
Read More
Page 149 of 452
1 … 147 148 149 150 151 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.