समाज

जाजरकोटमा विद्युतीकरण हुँदै

जाजरकोटमा विद्युतीकरण हुँदै

१० भदौ, जाजरकोट । जाजरकोटलाई विद्युतीकरण गर्नका लागि रू तीन अर्बको ठेक्का गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सवस्टेशन निर्माणका लागि रू तीन अर्बको नयाँ ठेक्का गरिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सवस्टेशन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सवस्टेशन निर्माण जारी रहेको नेपाल विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ । बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि समाइला सवस्टेशन निर्माण गर्न ठेक्का खोली कामको तयारी भइरहेको प्राधिकरणले जनाएको छ । पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सवस्टेशनबाट काम हुने भएको छ । प्राधिकरणका…
Read More
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ : गर्भनर

आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ : गर्भनर

१० भदौ,काठमाडौँ । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताउनुभएको छ र नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुआत गर्दै गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । “प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ”, उहाँले भन्नुभयो । बैँक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम…
Read More
हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह

हेलम्बु गाउँपालिकाद्वारा पुनःनिर्माणमा सहयोग गर्न आग्रह

१० भदौ, सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले थप क्षति पु¥याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदैे आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गर्नुभयो । उहाँले बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसंग सहयोग मागिएको बताउनुभयो । सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि रु एक करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी…
Read More
धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

१० भदौ, वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गर्नुभयो । धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले सविंधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सुन तस्करी…
Read More
यही वर्षदेखि आँबुखैरेनी अस्पतालमा ‘डायलायसिस’ सेवा

यही वर्षदेखि आँबुखैरेनी अस्पतालमा ‘डायलायसिस’ सेवा

१० भदौ, दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो । करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलगायतको ध्यानाकर्षण गराइएको थियो । सबैको सहयोग र पहलबाट गाउँपालिकालाई…
Read More
सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय

सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय

१० भदौ,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ ।
Read More
आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

१० भदौ, काठमाडौँ । मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा…
Read More
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण

कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण

१० भदौ, काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ । कांग्रेसका नेताहरु मधु आचार्य, जगदिशनरसिंह केसी, भुपेन्द्रजङग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य, शान्ता बास्ताकोटीलगायतको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दाहाललाई भेटेर सो विषयमा ध्यानाकर्षण गराएको हो । अभियानकर्ताहरुले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने तथा कसैलाई उन्मुक्ति दिन नहुने, नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको थियो । यसैगरी सुनकाण्ड प्रकरणमा निष्पक्ष अनुसन्धान गरी कुनै पार्टी नहेरी आग्रह पूर्वाग्रह…
Read More
धानमा गबारोको समस्या

धानमा गबारोको समस्या

१० भदौ,नारायणगढ। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले वताउनुभयो । धानमा देखिने गबारो कीरा पहेँलो र सेतो हुने गरेको उहाँले जानकारी दिनुभयो । यसले धान बालीलाई मात्रै नोक्सान गर्ने भए पनि गुलाबी र धर्के गबारोले अन्य बालीमा समेत असर पार्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पश्चिम चितवनमा ढिलो रोपाइ भएको हुँदा गबारोको समस्या लिएर किसान नआएको…
Read More
दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

९ भदौ, बैतडी । तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो, “ दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ । दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित पनि भेटिएका छन् ।” पहाडमा पनि डेङ्गु सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ पनि डेङ्गु सङ्क्रमण बढेको छ । सबैले सचेत रहन आवश्यक…
Read More
Page 147 of 452
1 … 145 146 147 148 149 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.