समाज

गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

१० भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । गाउँपालिकाले पालिकाभित्रका विभिन्न १० स्वास्थ्य संस्थाबाट एक सय ५० गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । भिडियो एक्स–रेबाट आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने उहाँले जानकारी दिनुभयो । एम्बुलेन्ससहितको स्वास्थकर्मीको टोली हरेक महिना पालिकाभित्रका गर्भवतीको गर्भवस्थाको परीक्षण गर्न टोल–टोलमा पुग्ने…
Read More
आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने

आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने

१० भदौ ,काठमाडौँ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातारको वर्षा भने आजबाट रोकिने छ, तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने छ ।” आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको…
Read More
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने

समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने

१० भदौ,काठमाडौँ ।  समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामथ्र्य विस्तार गर्ने निर्णय गरेको हो । बैठकले आमसञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न एवं श्रमजीवी पत्रकारको विभिन्न सञ्चारगृहमा पारिश्रमिक भुक्तानीमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । बैठकले सङ्गठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरुपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान…
Read More
भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने

भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने

१० भदौ,कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनीले यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्नका लागि सार्वजनिक सूचना निकालेको हो । आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाले कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । भिजन लुम्बिनीले आफ्नो जारी पुँजी रु एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु १९ करोड १२ लाख…
Read More
कागबेनी बाढी : करिब रु एक अर्ब बरबारको क्षति

कागबेनी बाढी : करिब रु एक अर्ब बरबारको क्षति

१० भदौ,ढोरपाटन ।  गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कानुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्याएकोे छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको थियो । बाढीले यहाँका कृषकले खेती गर्दै…
Read More
‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान

‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान

शङ्कर श्रेष्ठ १० भदौ, मलेखु (धादिङ) । धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो । ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताउनुभयो । उहाँले करिब १० रोपनी पखेरा…
Read More
चिनियाँ नाकाबन्दीकाे कारण हाटबजार नलागेपछि निरास बने मुगाली

चिनियाँ नाकाबन्दीकाे कारण हाटबजार नलागेपछि निरास बने मुगाली

मुगु । विगत चार बर्ष देखि नगागेको चिनियाँ हाट बजार यस बर्ष लाग्छकि भनेर समय कुरेर बसेका मुगाली लामा जातिहरु यसपाली पनि हाट बजार नलागे पछि निरास बनेका छन् ।मुगुको उत्तरी सिमानाका नाक्चे लाग्ना भन्दा केही पर तिब्वतको ह्याँजिमारमा बिगत ४ बर्ष देखि हाट बजार नलागे पछि बिशेष गरि मुगुम् कार्मारोङ् गाउँपालिका भित्रका लामा समुदायका मानिसहरु दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न नपाएपछि निरास बनेका हुन् । बर्षौ देखि चिनियाँ सामाग्रीहरुको उपभोग गर्दै आएका लामा समुदायका स्थानियहरु लत्ता कपडा, भाँडाकुडा, सोलार , टर्च लाईट, लगायत चामल, नुन, घिउ, तेल, छुर्पी, मैदा, पेय प्रर्दाथ लगायत उपभोग्य सबै सामाग्रीहरु चिनियाँ हाट बजार बाट…
Read More
त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं । धादिङको गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेपछि ८ जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार ८ जना बढी घाइतेको उद्दार गरिएको छ । म्याग्दी कोरला यातायातको बस बिहान सवा ११ बजे नदीमा खसेको थियो । दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा…
Read More
गौतमबुद्धसहित दुई रंगशाला बनाइदिन भारतसँग आग्रह, भारत सकारात्मक

गौतमबुद्धसहित दुई रंगशाला बनाइदिन भारतसँग आग्रह, भारत सकारात्मक

काठमाडौं । नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल भारत भ्रमणमा गएको समयमा यी दुई रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमती जनाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। गत जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका थिए । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसागको बैठकमा प्रधानमन्त्री दहालले मौखिक प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि समावेश थिए । तर भ्रमणको दुई महिना पछि मात्र उनले यो कुरा सार्वजनिक…
Read More
थारु समुदायको चार्ड (गुरही) तथा लठ्ठी लडाउने पर्व सम्पन्न

थारु समुदायको चार्ड (गुरही) तथा लठ्ठी लडाउने पर्व सम्पन्न

दिपक न्याैपाने रूपन्देही । तिलोत्तमा मद्हनी सामुदायिक विकास संस्थाको मुख्य आयोजना तथा मद्हनी टोल विकास संस्था र मायारानी बचत तथा ऋण संहकारी संस्थाको सह आयोजनामा नाग पञ्चमीको अवसरमा कुँवारवतिं मन्दिर मद्हनीमा आयोजित (गुरही) पर्व तथा प्रतियोगिता एक कार्यक्रमका बिच सप्पन्न भएको छ। विशेष गरी थारु समुदायहरुले मनाउने (गुरही)पर्वमा प्रत्येक घरबाट कपडाको गुरहार गुरही (गाइने किरा)बनाइ ल्याउने मध्यका उत्कृष्ट टोलिलाई पुरस्कार प्रदान गरिएको थियो। साथै थारु समुदायको सांस्कृतिक झल्काउने पोसाक साथमा सामुहिक रुपमा सजिएका बालबालिकाहरुले एक आपसमा लठ्ठी लडाइ रमाइलो गरेका थिए। भने बनाइएको कपडाको गुरहार गुरही (गाईने किरा)लाई साझँपख धुराको चौवाटोमा लगेर सेलाइए पछि पर्व सकिएको छ। कार्यक्रममा बोल्दै मद्हनी…
Read More
Page 148 of 452
1 … 146 147 148 149 150 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.