थारु समुदायको चार्ड (गुरही) तथा लठ्ठी लडाउने पर्व सम्पन्न

Share Icon

दिपक न्याैपाने
रूपन्देही । तिलोत्तमा मद्हनी सामुदायिक विकास संस्थाको मुख्य आयोजना तथा मद्हनी टोल विकास संस्था र मायारानी बचत तथा ऋण संहकारी संस्थाको सह आयोजनामा नाग पञ्चमीको अवसरमा कुँवारवतिं मन्दिर मद्हनीमा आयोजित (गुरही) पर्व तथा प्रतियोगिता एक कार्यक्रमका बिच सप्पन्न भएको छ।

विशेष गरी थारु समुदायहरुले मनाउने (गुरही)पर्वमा प्रत्येक घरबाट कपडाको गुरहार गुरही (गाइने किरा)बनाइ ल्याउने मध्यका उत्कृष्ट टोलिलाई पुरस्कार प्रदान गरिएको थियो।

साथै थारु समुदायको सांस्कृतिक झल्काउने पोसाक साथमा सामुहिक रुपमा सजिएका बालबालिकाहरुले एक आपसमा लठ्ठी लडाइ रमाइलो गरेका थिए। भने बनाइएको कपडाको गुरहार गुरही (गाईने किरा)लाई साझँपख धुराको चौवाटोमा लगेर सेलाइए पछि पर्व सकिएको छ।

कार्यक्रममा बोल्दै मद्हनी गाईघाट टोल विकास संस्थाका अध्यक्ष सुरज ज्ञवालीले हाम्रो समाजमा परपुर्वकालदेखि चलि आइरहेको परम्परा धर्म संस्कृतिलाई जोगाइ राख्नु हामी सबै समुदायको कर्तव्य भएको बताउनु भयो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.