Share Icon

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिका सदस्य रामएकवाल हजराकाे निधन भएकाे छ ।

गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले हजराको आफ्नै घरमा विधुत्तिय चार्जर लगाउने क्रममा करेन्ट लागेर निधन भएकाे हाे ।

उहाँकाे अनुसार हजराको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा निधन हाे ।

गाउँ कार्यपालिका सदस्य हजराकाे श्रद्धांजलि कार्यक्रम पनि सम्पन्न गरिएकाे छ ।

श्रद्धांजलि कार्यक्रममा गाउँपालिका अध्यक्ष जयसवालले कार्यपालिका सदस्य मेहनति,इमान्दार,जुझारु तथा अति नै मिलनसार र सामाजिक सदभाव भएका आदरणिय काका रामएकवाल हजराकाे अल्पआयुमा निधन भएकोमा मृतक काका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरेकाे छन् ।

साथै उहाँले निजको घरपरिवार एवम् बारागढी गाउपालिका सम्पुर्ण परिवार लगायत सबैमा धेर्य धारणको कामना गर्दै हार्दिक सम्बेदना प्रकट गरेका छन् ।

Facebook Comments Box

Share Icon