नेपालमा चिनियाँ गिरोहको अपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म
काठमाडाैं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ। गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोबारसमेत गर्दै आएको पाइएको हो । पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पनि चिनियाँ गिरोह संलग्न रहेको र गिरोहले नेपाल हुँदै भारतमा सुन पुर्याएको पुष्टि भइसकेको छ। ‘पछिल्लो पटक चिनियाँ आपराधिक गिरोहको अपराध धन्दा फैलिएको महसुस प्रहरीले पनि गरेको छ,’ प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने। उनका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै…
