समाज

पाल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु

पाल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु

१३ भदौ, रामपुर । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More
नेपालमा टिकटक बन्द गराउन माग गर्दै मन्त्रालयमा निवेदन

नेपालमा टिकटक बन्द गराउन माग गर्दै मन्त्रालयमा निवेदन

काठमाडौं । मल्टिमिडिया मोबाइल एप टिकटक बन्द गराउन माग गर्दृ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ। पछिल्लो समय टिकटकमै सक्रिय हुँदै आएर निरन्तर लाइभ बस्ने गरेका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले निवेदन दिएका हुन्। उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको बताएका छन्। उनले तत्कालको लागि टिकटक बन्द गर्न सञ्चारमन्त्री रेखा शर्मालाई आग्रह गरेका हुन्। उनले टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन्। टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि माग गरेका छन्।…
Read More
राजनीतिक परिवर्तनमा रोल्पाको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

राजनीतिक परिवर्तनमा रोल्पाको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

१२ भदौ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा रोल्पाको योगदान र त्यहाँको जनताको साहसको उच्च प्रशंसा गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले रोल्पाको विकास निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । “विकासमा पछाडि परेका क्षेत्रलाई मूल प्रवाहमा ल्याउन सरकारले महत्व दिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि नै सामाजिक न्याय, सुशासन र सार्वजनिक सेवालाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले यसबाट जनतामा सकारात्मक प्रवाह भएको बताउनुभयो । केही हुँदैन भन्ने निराशावादी भाष्य चिर्न सरकार प्रयत्नशील रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले कोही नछूटोस्, निर्दाेष कोही नपरोस् भनेर आफूले…
Read More
ललिता निवास जग्गा हिनामिना प्रकरणका दोषीलाई कारबाही गर्न माग

ललिता निवास जग्गा हिनामिना प्रकरणका दोषीलाई कारबाही गर्न माग

१२ भदौ,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गर्नुभयो । उहाँले भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भ्रष्टाचार र तस्करीले आम जनतामा निराशा छाएको र यसले सुशासन प्रवद्र्धनमा असर पुग्ने धारणा राख्नुभयो । “देशको अवस्था सुधार गरी सुशासन प्रवद्र्धन हुनुपर्छ । प्राप्त उपलब्धि गुम्नसक्ने…
Read More
सवारी दुर्घटनामा १७ वटा भैँसी÷पाडा मरे

सवारी दुर्घटनामा १७ वटा भैँसी÷पाडा मरे

१२ भदौ,मध्यविन्दु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परी पल्टिन जाँदा ट्रकमा लोड गरिएका ३६ वटा भैँसी र पाडामध्ये १७ वटा भैँसी र पाडा मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो । दुर्घटनामा मानवीय क्षति नभएको र ट्रकमा रहेका १९ वटा भैँसी÷पाडा जीवितै रहेको उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको जनाइएको छ ।
Read More
तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा घिमिरे

तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा घिमिरे

१२ भदौ,काठमाडौँ । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा कृष्णबहादुर घिमिरे नियुक्त हुनुभएको छ । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी तीन वर्षका लागि सो पदमा नियुक्त हुनु भएको हो । तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा घिमिरेलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । यसअघि निजामती क्षेत्रमा कार्यरत डा घिमिरेले गत साउन १० गते उमेरहदका कारण अनिवार्य अवकाश लिनुभएको थियो । नेपालको संविधानको धारा २२६ (१) तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले प्रदान गरको अधिकार प्रयोग गरी तारकेश्वरको १३औँ नगरसभाले सो ऐन पारित…
Read More
किसानलाई छाडा पशुबाट बाली जोगाउनै हम्मे

किसानलाई छाडा पशुबाट बाली जोगाउनै हम्मे

१२ भदौ, टीकापुर । कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पु¥याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पु¥याएको बताउनुभयो । “छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ”, उहाँले भन्नुभयो, “धानबाली पसाउन थालेको छ । यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन् ।” छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको जानकी–३ का किसान वीरेन्द्र कुँवरले बताउनुभयो । “केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर…
Read More
स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी

१२ भदौ, चितवन । खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ । कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भन्नुभयो, “ स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ ।” ती शिक्षकले अन्य शिक्षकसरह हप्तामा कम्तीमा २८ कक्षा पढाउनुपर्ने हुन्छ । खैरहनीमा विसं २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी सङ्ख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी स्वयंसेवक शिक्षकको व्यवस्थापन…
Read More
लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’

भदौ लहान,गोलबजार । नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो । फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर सङ्कलनका लागि ट्रक जान सक्ने बताउनुभयो ।
Read More
डेङ्गु सङ्क्रमणबाट मृत्यु

डेङ्गु सङ्क्रमणबाट मृत्यु

१२ भदौ,कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उहाँलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए । भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताउनुभयो । डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिनुभयो ।
Read More
Page 144 of 452
1 … 142 143 144 145 146 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.