डेङ्गु सङ्क्रमणबाट मृत्यु
१२ भदौ,कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उहाँलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।
भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताउनुभयो । डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिनुभयो ।
Facebook Comments Box
Related posts:
भारतीय राष्ट्रपति मुर्मू सोमबारदेखि पश्चिम बङ्गाल भ्रमणमा
‘हवाई सुरक्षाप्रति सरकार गम्भीर छ’
गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ
बाँके राष्ट्रिय निकुञ्जका सुरक्षकर्मीहरूले बिना कारण वडावासीलाई दु:ख दिइरहेका छन् : वडा अध्यक्ष खड्क...
गेरुवा गाउँपालिका वडा नं. १ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण