समाज

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

१७ भदौ,बाजुरा। बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन् । कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते

पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते

१७ भदौ, काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको राससलाई जानकारी दिनुभयो । दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो । प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित…
Read More
दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

१७ भदौ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ । जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँचदिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि जिल्लाका १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचारका लागि ‘लाइभ’ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।…
Read More
चिनियाँ नाकाबाट १ किलो सुनसहित महिला पक्राउ

चिनियाँ नाकाबाट १ किलो सुनसहित महिला पक्राउ

एजेन्सी । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै गर्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खबरहब
Read More
वीर शहिद यादवको छैठौं श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

वीर शहिद यादवको छैठौं श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बारा । जनमत पार्टी बाराले सदरमुकाम कलैया स्थित शहिद चौकमा वीर शहिद स्व. राम मनोहर यादवको छैठौं श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन । तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई एउटा सार्वजनिक कार्यक्रममा प्रश्न सोध्दा जसपा अध्यक्ष उपेन्द्र यादवकै ईसारामा नेपाल प्रहरी द्वारा राम मनोहर यादवलाई प्रहरी हिरासतमै हत्या गरीएको थियो । मधेस आन्दोलन देखि एक कुशल क्रान्तिकारी मधेसी अधिकारका लागि सधैं चिन्तन गर्ने महान होनहार नेताको छवि बोकेका स्वराजी राम मनोहर यादवको बलिदानी मधेसले कहिल्यै बिर्सिने छैन । तत्कालीन् स्वास्थ्य मन्त्रीलाई बर्दिया जिल्लाको एउटा कार्यक्रममा प्रश्न सोध्न आएको भन्दै मन्त्रीको निर्देशनमा प्रहरीद्वारा पक्राऊ गर्न लगाई हिरासतमा चरम यातना दिँदा २०७५ साल…
Read More
सुन तस्करीमा संलग्न चिनियाँ गिरोह क्रिप्टो र हुन्डीको कारोबारमा पनि

सुन तस्करीमा संलग्न चिनियाँ गिरोह क्रिप्टो र हुन्डीको कारोबारमा पनि

काठमाडाैं । नेपालमा कार्गाेमार्फत ठूलो मात्रामा सुन तस्करी गर्दै आएको चिनियाँ गिरोह क्रिप्टोकरेन्सी र हुन्डीको कारोबारमा पनि संलग्न रहँदै आएको प्रहरीले पत्ता लगाएको छ । सुन तस्करीलगायत आपराधिक कारोबारको लेनदेन उनीहरूले क्रिप्टो र हुन्डीमार्फत मिलाउँदै आएका थिए । उनीहरूले सुन तस्करीको अवैध रकम वैध माध्यमबाट कारोबार गर्न नमिल्ने भएकाले क्रिप्टोमार्फत चीनमा भुक्तानी मिलाउने गरेको प्रहरीले जनाएको छ । गत २ असारमा बरामद भएको करिब ६० किलो सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको गिरोहमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान गरिरहेको छ । जसमा ६ चिनियाँ, चिनियाँ मूलका एक भारतीय र एक बेल्जियमका नागरिक थुनामा छन् । हालसम्म २६ जनालाई सिआइबीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरू अन्य आपराधिक…
Read More
प्रचार नपाएको नौ बहिनी झरना

प्रचार नपाएको नौ बहिनी झरना

१५ भदौ, ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँको शिरमा छ नौ बहिनी झरना । एउटै पहाडको खोँचमा नौ स्थानमा रहेका झरना पर्यटकी हिसाबले निकै सम्भावना बोकेका छन् । मोराखोलामा कलकल पानी झर्दै बनेका आकर्षक झरनाको प्रचारप्रसार नहुँदा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम नौ बहिनी झरना राखेका हुन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीन घण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ । मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइली र कान्छी भन्ने गरिएको छ । झरना…
Read More
त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू

त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू

१५ भदौ,ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्नु हुँदै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले दक्षिण एसियाका संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौँमा आयोजना हुनु हाम्रो लागि सुखद् पक्ष हो । काठमाडौँसँग वनारस, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरु क्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ”, उहाँले भन्नुभयो, “संस्कृति र भाषाका कारण हामी एकअर्कासँग जोडिएका छौँ । हाम्रो समानता संस्कृत भाषा हो…
Read More
बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण : इन्सेक

बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण : इन्सेक

१५ भदौ, काठमाडौँ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटना लापरबाही र उदासिनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बालसुधार गृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधार गृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले स्थलगत अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनमा बालसुधार गृहमा न्यूनतम सुविधा पनि नभएको पाइएको उल्लेख छ । साथै न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) को लापरवाही र प्रशासनको उदासिनताका कारण उक्त घटना भएको अध्ययनको निष्कर्ष छ । प्रतिवेदनमा सुधार गृहमा रहेका १८ वर्षे कमल बस्नेतले होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर…
Read More
नेपाल आइपुग्यो महालक्ष्मी रथयात्रा

नेपाल आइपुग्यो महालक्ष्मी रथयात्रा

१५ भदौ, झापा । अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ आज नेपाल प्रवेश गरेको छ । आज विहान भारतको पानीटङ्की नाका हुँदै पूर्वीनेपालको काँकडभिट्टामा रथ प्रवेश गर्दा अग्रवाल समुदायले उल्लासपूर्वक स्वागत गरेका छन् । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले काँकडभिट्टामा रथयात्राको स्वागत गर्नुभयो । रथयात्राको स्वागतका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले प्रत्येक महिला महालक्ष्मीको स्वरुप भएको बताउँदै मानवीय सेवाका लागि पैसा होइन भावना आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । स्वागतका लागि आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, संविधानसभा सदस्य रविन कोइराला, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, अखिल…
Read More
Page 140 of 452
1 … 138 139 140 141 142 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.