समाज

सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन

सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन

पूर्वी नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारको काम अलपत्र पारेको भन्दै स्थानीयले सरकार र चिनियाँ ठेकेदारविरुद्ध नाराबाजी गरेका छन् । सडक विस्तारको काम थालेको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्नेमा करिब ५ वर्ष पुग्दासम्म पनि ३९ प्रतिशत भन्दा बढी काम गर्न नसकेको भन्दै चिनियाँ ठेकेदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनविरुद्ध मंगलबार स्थानीयले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । नाराबाजी गर्दै प्रदर्शन गर्ने क्रममा भेडाबारीमा स्थानीयले महेन्द्र राजमार्ग समेत अवरुद्ध गरेका थिए । सरकारको बेवास्ता र ठेकदारको चरम लापरबाहीविरुद्ध दबाब दिन आज गैंडाकोट नगरपालिका ११ भेडाबारीमा स्थानीयले आधाघन्टा चक्का जाम गरेर विरोध जनाएका हुन् । राजमार्ग ठप्प पार्दा यात्रुले समेत साथ दिएका…
Read More
मलेसियाविरुद्ध नेपालले पायो १६६ रनको लक्ष्य

मलेसियाविरुद्ध नेपालले पायो १६६ रनको लक्ष्य

१४ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।
Read More
विद्युत प्राधिकरणले केन्द्रीय कारागारको विद्युतकाे लाइन काट्याे

विद्युत प्राधिकरणले केन्द्रीय कारागारको विद्युतकाे लाइन काट्याे

१४ कार्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागारसुन्धाराको विद्युतकाे लाइन काटिदिएको छ । लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले बिजुलीको लाइन काटिदिएका हुन् । कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार कारागार जस्तो संवेदनशील ठाउँ बिजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ । ‘स्रोतका अनुसार, केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । ‘१५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेका पनि थियौं, त्यो भन्दा धेरै तिर्नलाई बजेट पनि थिएन। ‘यस्तोमा प्राधिकरणले संवेदनशीलता नदेखाउँदा समस्या भएको छ ।’केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी रहेका छन् ।…
Read More
मलेसियाविरुद्ध अविनाशले दिलाए पहिलो सफलता

मलेसियाविरुद्ध अविनाशले दिलाए पहिलो सफलता

१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालका लागि अबिनाश बोहोराले पहिलो विकेट लिएका छन् । टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध बोहराले पाँचौं ओभरमा विकेट लिएका हुन् । ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए । मलेसियाले ५.५ ओभरमा ५८ रन बनाएको छ ।
Read More
विश्वकप एसिया छनोट : बहराइन विजयी

विश्वकप एसिया छनोट : बहराइन विजयी

१४ कात्तिक,काठमाडौँ ।आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाए । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए भने रिजवान बुटृ र अली दाउदले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला…
Read More
नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।
Read More
समग्र वडाकाे विकास गर्दै अध्यक्ष महत

समग्र वडाकाे विकास गर्दै अध्यक्ष महत

१४ कात्तिक, काठमाडाैँ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ कि.मी टाढा उत्तर पुर्वि दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि मी रहेको छ । गाउँपालिका भौगोलीक अवस्थितिका हिसावले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डीग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डीग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डीग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएको छ । यस गाउँपालिकाको सिमाना पुर्वमा मुगु जिल्ला , पश्चिममा वझांङ जिल्ला , उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेको छ । सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका नगरपालिका वडा नं. २ का वडा…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष सिंह

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष सिंह

१४ कात्तिक,काठमाडाैँ । कुशे गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड…
Read More
जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस

जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस

१४ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकन गर्नका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिनुभएकाे छ। नेपाल भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेर महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ । हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्। जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त्त राष्ट्र संघको सम्मेलन कोप २८ नोभेम्बर ३० देखि युएईमा हुँदैछ । यहि रुपमा जलवायु परिवर्तनको असर कायम रहने हो भने एक दिन हिमालमा हिउँ नहुने उहाँले बताउनुभयाे । हिउँ नभएपछि नदी…
Read More
देशभरकाे माैसम आज सामान्यतया सफा रहने

देशभरकाे माैसम आज सामान्यतया सफा रहने

१४ कार्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसो भने देशभर आंशिक बदली हुने भएकाे छ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
Read More
Page 73 of 452
1 … 71 72 73 74 75 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.