समाज

जनताको  विश्वासलाई टुट्न दिनेछैन वडा अध्यक्ष सिंह

जनताको विश्वासलाई टुट्न दिनेछैन वडा अध्यक्ष सिंह

१५ कात्तिक,काठमाडाैँ । कुशे गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड…
Read More
एक सय चारको निःशुल्क दाहसंस्कार

एक सय चारको निःशुल्क दाहसंस्कार

१५ कात्तिक,इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ । उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारको निधनमा निःशुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि आवश्यक दाउरा तथा अन्य सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आइएको उहाँले बताउनुभयो । यसअघि घरदेखि घाटसम्म शवबाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभाव भएकालाई इटहरीस्थित बूढीगङ्गा–जमुना मुक्तिघाटमा निःशुल्क दाहसंस्कार गर्न थालेको पौडेलले बताउनुभयो । आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेका लागि यस्तो निर्णय गरिएको उहाँको भनाइ थियो । “मृत्युपछि गरिने अन्त्येष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था…
Read More
फोहोर फ्याँक्नेहरूबाट वीरगन्ज महानगरले उठायो रु छ लाख जरिवाना

फोहोर फ्याँक्नेहरूबाट वीरगन्ज महानगरले उठायो रु छ लाख जरिवाना

१५ कात्तिक,वीरगन्ज (पर्सा) । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना…
Read More
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किने

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किने

१५ कात्तिक, काठमाडाैँ । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्। कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए। आइतबार राति काठमाडौं आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। नेपाल बसाइका क्रममा उनले अन्नपुर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए।
Read More
 बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्योे : सांसद शर्मा

 बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्योे : सांसद शर्मा

अशोक घिमिरे १५ कात्तिक,काठमाडौँ । “संसद्मा प्रवेश गर्दैगर्दा लाग्थ्यो,नीति निर्माणका विषयमा त्यहाँ गरमागरम बहस र छलफल हुन्छ । जस्तो सोचिएको थियो, त्यस्तो पाउन सकिएन । संसद्मा एकले अर्कालाई छेड हान्ने प्रवृत्ति देखियो ।”, पछिल्लो एक वर्षको संसदीय अनुभव सुनाउँदै नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले भन्नुभयो, “यसबाट संसद् वास्तवमा कानुन तथा नीति निर्माणको थलो हो वा होइन भन्ने अनुभूति भयो । संसद्ले जुन दिशामा पकड्को मार्नु पर्दथ्र्यो, त्यसो हुन सकेन ।” सदन मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो । कानुन निर्माण कार्यान्वयनमा सदनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानुन निर्माण गर्न बाँकी नै छ…
Read More
आजको मौसम : हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ कात्तिक,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक बदली रही देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको सहित देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न…
Read More
इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको बोलिभियाको घोषणा

इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको बोलिभियाको घोषणा

१५ कात्तिक, काठमाडौं । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै बोलिभियाले उक्त घोषणा गरेको बीबीसीले जनाएको छ । बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘गाजापट्टीमा भइरहेको आक्रामक र असंगत इजरायली सैन्य आक्रमणको निन्दा गर्दै बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ ।’ इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने बोलिभिया ल्याटिन अमेरिकाको पहिलो देश हो । उसले यसअघि गाजा क्षेत्रमा मानवीय सहायता पठाउने भन्दै संघर्षविराम गर्न अपिल गरेको थियो । यसअघि पनि बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । सम्बन्ध तोडेको करिब एक दशकपछि सन् २०१९ मा…
Read More
डेढ अर्ब नोक्सान हुने गरी टेरामक्सको ठेक्का

डेढ अर्ब नोक्सान हुने गरी टेरामक्सको ठेक्का

१५ कात्तिक, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले प्रचलित कानूनको उल्लंघन हुने गरी मिलेमतो गरी टेरामक्स प्रणाली खरिद गरेको भेटिएको छ । महँगोमा टेरामक्स प्रणाली खरिदको निर्णय गर्दा राज्यकोषमा कम्तिमा पनि डेढ अर्ब हाराहारीको नोक्सानी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्म गरेको अनुसन्धान अनुसार, टेलिफोन कल नियमन अनि शंकास्पद कलको व्यवस्थापन प्रणाली -टेरामक्स) को टेण्डरकै क्रममा गडबड र अनियमितता भएको भेटिएको हो । नेपाल दुरसञ्चार प्राधिकरणले टेरामक्स प्रणालीका लागि उपकरण, त्यसमा जडान हुने सफ्टवेयर र पाँच वर्षसम्म सञ्चालनको भूमिका समेत रहने गरी २० असोज २०७४ मा टेण्डर आहृवान गरेको थियो । शुरुमै अख्तियारको अनुसन्धान र पछि अदालतमा मुद्दा परेपछि…
Read More
पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै

पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै

१५ कात्तिक,गण्डकी। तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् । “गोदावरी फूलका विभिन्न प्रजातिका फूल र बिरुवासहित अहिलेको याममा फुल्ने सयपत्री तथा मखमली फूलको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “बीस हजार बढीले…
Read More
कर्णाली प्रतिष्ठान र सनवे मेडिकल सेन्टरबीच सहकार्य

कर्णाली प्रतिष्ठान र सनवे मेडिकल सेन्टरबीच सहकार्य

१५ कात्तिक, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ । मङ्गलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताउनुभयो ।
Read More
Page 72 of 452
1 … 70 71 72 73 74 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.