समाज

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

१७ कात्तिक,कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उहाँको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुनुहुन्छ । भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गर्नुभएको महानगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन विकासका लागि…
Read More
भारतीय राजदूतावासले मनायाे आठौं आयुर्वेद दिवस

भारतीय राजदूतावासले मनायाे आठौं आयुर्वेद दिवस

काठमाडाैं । भारतीय राजदूतावास काठमाडौंले बिहीबार आठौं आयुर्वेद दिवस मनाएकाे छ । राजदूतावासले आठौं आयुर्वेद दिवसको उत्सवको एक हिस्साको रुपमा परम्परागत चिकित्सा विशेष गरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक छलफल कार्यक्रमको आयोजना गरी दिवस मनाएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गरेका थिए । साथै उनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराए । उनले यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि…
Read More
गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला

गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला

१७ कात्तिक, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी नवीन किशोर प्रधानसहितको टोली घटनास्थल प्रस्थान गरेको छ । …
Read More
अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

काठमाडाैं । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् । गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा परी एक वर्षअघि लाओस पुगेका थिए । उनलाई ६० हजार रूपैयाँ लागतमा लाओस पुर्याइने भनिएको थियो । ‘६० हजार रूपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखें । सबै खुसी नै भए । चिनजानका साथीहरूलाई खबर गर्दा उनीहरू पनि लाओस जान तयार भए । एजेन्टले वैधानिक तवरले नै लाओस लैजाने विश्वास दिलाएका…
Read More
नेपाली टिममा एक परिवर्तन, दीपेन्द्र प्लेइङ ११ मा

नेपाली टिममा एक परिवर्तन, दीपेन्द्र प्लेइङ ११ मा

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनलमा पुनरागमन गरेका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् । पहिलो खेलमा सिंगापुर विरुद्ध प्लेइङ ११ मा रहेका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै खेल गुमाएका थिए । दीपेन्द्रको एंकलमा चोट लागेको थियो । उनले यो प्रतियोगिता सबै गुमाउने सम्भावना थियो । तर बिहीबार ओमान विरुद्धको खेलअघि उनी मैदानमा आएका थिए र नेटमा प्राक्टिस पनि गरेका थिए । उनको अनुपस्थितिमा अलराउण्डर विवेक यादवले समूह चरणमा तीनवटै खेल खेलेका…
Read More
युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

१७ कात्तिक, काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह…
Read More
रिगलको कैद मिनाहा बदर, तत्काल थुनामा पठाउन सर्वोच्चको आदेश

रिगलको कैद मिनाहा बदर, तत्काल थुनामा पठाउन सर्वोच्चको आदेश

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको छ । आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा…
Read More
बाटाेलाई पहिलाे प्राथमिकता दिएकाे छु : वडा अध्यक्ष मिजार

बाटाेलाई पहिलाे प्राथमिकता दिएकाे छु : वडा अध्यक्ष मिजार

१६ कात्तिक, काठमाडाैँ । श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो । सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धरमपाल मिजारले स्थानीय तहको…
Read More
जनताको विश्वासलाई टुट्न दिनेछैन वडा अध्यक्ष राेकाया

जनताको विश्वासलाई टुट्न दिनेछैन वडा अध्यक्ष राेकाया

१६ कात्तिक, काठमाडाैँ ।  श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो । प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन नाथले स्थानीय तहको निर्वाचनमा…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष राेकाया

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष राेकाया

१६ कात्तिक, काठमाडाैँ । श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो । धार्मिक आस्थाका केन्द्र विन्दु मानिने वडीमालिका माताको नामबाट नामाकरण गरिएको छ । सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित…
Read More
Page 70 of 452
1 … 68 69 70 71 72 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.