समाज

आजको मौसम : केही भू–भागमा आंशिक बदली

आजको मौसम : केही भू–भागमा आंशिक बदली

५ फागुन,काठमाडौँ । आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसैगरी प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने

५ फागुन,कास्की । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्डलगायतका देशबाट धावकले नाम दर्ता गराएको म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । म्याराथनमा सातवटै प्रदेशबाट ३७ जिल्लाका धावकले सहभागिता जनाउने छन् । पोखरा रङ्गशालामा हुने सो म्याराथनलगायतका सबै विधामा गरी हालसम्म आठ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । यस वर्षको खुला म्याराथनमा एक सय ५० धावक सहभागी हुने बताइएको छ । महिलातर्फको हाफ म्याराथनमा ३५ धावक…
Read More
बाँके कृषि पर्यटनको गन्तव्य

बाँके कृषि पर्यटनको गन्तव्य

५ फागुन,नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको छ । लुम्विनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकीकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि बढाइएको बताउनुभयो । गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि दृश्वालोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्नेछन् । “पर्यटनबाट यस क्षेत्रमा स्थानीयलाई आयआर्जन गर्न सहज अवस्थाको सिर्जना हुनुका साथै यसले यहाँको वास्तविक अवस्थाको पहिचान हुन्छ”, खत्रीले भन्नुभयो…
Read More
इतिहासमा साक्षी बन्दै पसगाउँमा ढुङ्गाको छानो

इतिहासमा साक्षी बन्दै पसगाउँमा ढुङ्गाको छानो

४ फागुन,लमजुङ । कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कँुदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका थिए । गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुङ्गा तथा खरले छाना छाइन्थ्यो । पछिल्लो समयमा भने ढुङ्गा तथा खरको छानो विस्तापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुङ्गाका घर र छानासमेत लोप हुन थालेको छ ।समुद्र सतहदेखि एक हजार छ सय ५० मिटर उचाइमा रहेको क्व्होलासोथर गाउँपालिका–६ पसगाउँवासीले भने परम्परालाई अझै संरक्षण गरेर राखेका छन् । यहाँको एक सय ५३ घरधुरीमध्ये एक सय ४० घरधुरीको छाना ढुङ्गाबाटै छाइएकोे छ । लोपहुँदै…
Read More
पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

पानीको स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

४ फागुन,बलेवा । पानीको स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले सामुदायिक वनसँग मिलेर पोखरी निर्माण गरेको हो । पानीको स्रोत संरक्षण, जङ्गलभन्दा तल्लो भूभागमा रहेका पानीका मुहानको ‘रिचार्ज’ गर्ने र जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । पोखरी निर्माणले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै स्रोतको सुनिश्चितता हुने अधिकारीले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८…
Read More
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा

हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा

४ फागुन,झापा । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिनुभयो । उहाँँले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत…
Read More
लोप हुँदै जङ्गली ‘औध’

लोप हुँदै जङ्गली ‘औध’

४ फागुन,मान्म । कालीकोटमा पाइने जङ्गली औध जातका जनवार लोप भएका छन् । पानी र बाक्लो जङ्गल भएको क्षेत्रमा पाइने जङ्गली औध अहिले लोप भएका हुन् । जलवायु परिवर्तनका कारणले हुने बाढीपहिरो, उचित बासस्थान, खानपिनको अभाव, विकास निर्माणका काम आउने ध्वनी प्रदूषणका कारणले जङ्गली औध लोप हुँदै गएका छन् । पानीमा पाइने औध विषेशत माछा खाने एक प्रकारको स्तनधारी मांसहारी जनवार हो । जङ्गल क्षेत्रमा पाइने औध उही जातको स्तनधारी जनवार शाकाहारी जनवार हो । नेपालमा हिमाली एक हजार छ सय फिट उचाइमा औध पाइने गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबन्धु श्रेष्ठले जानकारी दिनुभयो । “यो औध एक हजार छ…
Read More
नेपालगञ्जमा महिला उद्यम प्रदर्शनी हुँदै

नेपालगञ्जमा महिला उद्यम प्रदर्शनी हुँदै

४ फागुन,राँझा । महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धनका लागि नेपालगञ्जमा महिला उद्यम प्रदर्शनी गरिने भएको छ । यही फागुन ५ देखि ९ गतेसम्म महिला उद्यमी सङ्घ नेपाल बाँकेले लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी गर्न लागेको संयोजक सावित्री बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिरको बालउद्यानमा सञ्चालन हुने प्रदर्शनीमा बाँकेसहित पाल्पा, रुपन्देही, कपिलवस्तु, रोल्पा, प्यूठान, रुकुम, दाङ, बर्दिया र सुर्खेतका महिला उद्यमीले उत्पादन गरेका वस्तु राखिने छन् । महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाका जुत्ता, चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार…
Read More
संरक्षण र प्रवद्र्धनका लागि भजन प्रतियोगिता

संरक्षण र प्रवद्र्धनका लागि भजन प्रतियोगिता

डुम्रे, ४ फागुन,डुम्रे । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण मानिने भजन लोप हुने अवस्थामा छ । विभिन्न पर्वमा गाइने कतिपय भजन लोपोन्मुख अवस्थामा पुगेको छ । भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो । भजनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो । “भजनको संरक्षणका लागि प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको हो”, उहाँले भन्नुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार, द्वितीय हुनेलाई रु ३६ हजार, तृतीय हुनेलाई रु…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छे गाउँपालिका वडा नं.७ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । माछापुच्छे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा…
Read More
Page 405 of 452
1 … 403 404 405 406 407 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.