समाज

कैदीबन्दीलाई योगासँगै फलफूल वितरण

कैदीबन्दीलाई योगासँगै फलफूल वितरण

७ फागुन,डडेल्धुरा । प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि सुरु गरिएको हो । कैदीलाई स्वस्थ र विभिन्न प्रकारका मौसमी फलफूल वितरण गरेको भागेश्वर गाउपालिका–४ का वडाअध्यक्ष वासुदेव चटौतले बताउनुभयो । कारागार कार्यालयको बन्दीगृहमा नौ महिला तथा एक सय दुई पुरुष कैदी र पाँच महिला तथा १० पुरुष थुनुवा छन् ।
Read More
४७ वर्षपछि ब्यूँताइयो भानुमतिमा शिवरात्रि मेला

४७ वर्षपछि ब्यूँताइयो भानुमतिमा शिवरात्रि मेला

७ फागुन,खोटाङ । विसं २०३२ देखि बन्द गरिएको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा लाग्ने शिवरात्रि मेला ब्युँताइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने भानुमतिमा तत्कालीन जिल्ला पञ्चायत सभापति पर्शुराम राईले बन्द गराउनुभएको शिवरात्रि मेला ४७ वर्षपछि ब्युँताइएको हो । धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा शिवरात्रिको अवसरमा १५ दिनसम्म मेला लाग्ने गरेको थियो । सावापारी दिप्लुङका तत्कालीन प्रधानपञ्च पृथीबहादुर राई र सावावारी खोटाङबजारका प्रधानपञ्च श्रीप्रसाद भट्टराईबीच मेलाका विषयमा विवाद भएपछि सभापति राईले बन्द गराएको मेला फेरि शुरु गराइएको जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । सावापारीका राई र सावावारीका भट्टराईबीच मेलाको आम्दानी कसले लिने ? भन्ने विषयमा विवाद भएपछि मेला बन्द…
Read More
कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरु

कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरु

७ फागुन,रामपुर (पाल्पा) । लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको उद्घाटन गर्नुहँुदै कतिपय लोक संस्कृति लोप हुने अवस्था रहेकोले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताउनुभयो । “हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव लिएर काम गर्नुपर्नेछ ।” उहाँले लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्न सके आयआर्जनको माध्यम बनाउन सकिने बताउनुभयो । पाल्पाका ऐतिहासिक,…
Read More
एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा

७ फागुन,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । कमजोर विद्यार्थीका लागि अङ्गे्रजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताउनुभयो । उहाँका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि रु पाँच लाख परिचालन गरिएको छ । “अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौँं” प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन…
Read More
पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन

पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन

७ फागुन,काठमाडौँ । जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नु भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रुपमा काम गर्ने बताउनुभयो । शङ्कराचार्य मठका पीठाधीश डा रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहनुभएका सन्त डा केशवानन्द गिरीलगायतले आद्य शङ्कराचार्य आएर बसेकैले यो मठलाई शङ्कराचार्य मठ नामकरण गरिएको र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्व विश्वमै बढेको बताउनुभयो । वैदिक सनातनी…
Read More
मोही लागेको जग्गाको स्वामित्व बाँडफाँट प्रक्रिया सुरु

मोही लागेको जग्गाको स्वामित्व बाँडफाँट प्रक्रिया सुरु

७ फागुन,त्रिशूली । नुवाकोटमा मोही लागेको जग्गाको जग्गा धनी र मोहिबीच जग्गा बाँडफाँटको प्रक्रिया सुरु भएको छ । त्यसका लागि मोहीसँग निवेदन सङ्कलन सुरु गरिएको मालपोत कार्यालयका प्रमुख अधिकृत होमनाथ सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिका नाममा रहेको (रैकर) जग्गामा लागेको मोही अन्त्य गर्न जग्गाको सम्बन्धित जग्गा धनी र मोहीलाई बराबर हुने गरेर बाँडफाँट गर्न सूचना जारी गरेर निवेदन सङ्कलन थालिएको छ । जग्गामा रहेको द्वैध (दोहोरो) स्वामित्व अन्त्यका लागि सुरु भएको निवेदन सङ्कलन विसंं २०८२ चैत मसान्तलाई अन्तिम म्याद दिइएको छ । “भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्र र गत असोज १० मा जारी भएको राजपत्रका…
Read More
राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

७ फागुन,काठमाडौँ । त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा आयोजना गरिने विशेष कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्न थालिएको हो । यस अवसरमा विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्दै आएका छन् । सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन…
Read More
बुटिक विमानस्थल: नियम बिपरितको सम्झौता,महालेखाको चासो , टुक्रा सम्झौतबाट दुई करोड ५० लाख खर्च

बुटिक विमानस्थल: नियम बिपरितको सम्झौता,महालेखाको चासो , टुक्रा सम्झौतबाट दुई करोड ५० लाख खर्च

७ फागुन ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थल बनाउने नाममा नियम बिपरित दुई करोड ५० लाख रकम खर्च गरेको छ । नागरिक उड्डयन प्राधिकरण स्थित स्रोतले दिएको जानकारी अनुसार बुटिक विमानस्थल बनाउने नाममा निर्माण कार्यको टेण्डर नगरिकन केही व्यवसायिहरुसँगको मिलेमतोमा तत्कालिन महानिर्देशक राजकुमार क्षेत्रीले दुई करोड ५० लाख खर्च गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थलका लागि भएका खर्चहरु पारदर्शि नभएको महालेखा परिक्षकको प्रतिबेदनमा समेत उल्लेख छ । तत्कालिन महानिर्देशक क्षेत्रीको निर्देशनमा आर्थिक वर्ष २०७५/७६ को जेठ महिनाको अन्तिम तिर बुटिक विमानस्थल बनाउने प्रक्रिया सुरु गरी सोही आर्थिक वर्षको असार महिनामा ३५…
Read More
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष

नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष

५ फागुन,विराटनगर । राणाशासनको बेलामा सिन्धुली दुम्जाका कालिदास कोइराला काठमाडौँमा सुब्बा थिए । एक घटनामा सत्यको पक्ष लिँदै गरेको फैसलाको प्रत्यक्ष असर राणाशासकलाई नै प¥यो । कालिदासले जे फैसला गरेका थिए, त्यसको असर श्री ३ महाराजधिराज निकट एक व्यक्तिलाई परेछ । कालिदासविरुद्ध झोसपोल लगाइयो र उनलाई दरबार झिकाइयो । कालिदासले कानुनअनुसार फैसला गरेको बताए । तत्कालीन श्री ३ महाराजले कानुन देखाउँदै भनेछन्, ‘मुर्ख ब्राह्मण, तिमीले जुन कानुन टेकेर फैसला ग¥यौँ त्यसमा त पहिल्यै हरिताल लागेको छ ।” दिउँसै रात पार्न खोजेपछि कालिदासले केही बोल्न सकेनन् । उनलाई भनियो, “तिमी ब्राह्मण भएर मात्र हाम्रा अगाडि उभिन पाएका छौ, यही फैसला अरूले…
Read More
पाेखराको परिचय थप्दै ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’

पाेखराको परिचय थप्दै ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’

५ फागुन , काठमाडाैँ । पोखरा पर्यटकीय सहरका रुपमा परिचित छ । यहाँको फेवाताल, माछापुच्छ्रे, बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्ला समय पोखरा चिनाउनका लागि साहसिक खेलसँगै मानव निर्मित संरचना थपिएका छन् । योबाहेक पोखरा म्याराथनले पनि पोखरा चिनाइरहेको छ । खेल जीवनपश्चात् खेलप्रतिको मायाले भूपूखेलाडीहरुले सञ्चालन गरेको प्रतियोगिता हो पोखरा म्याराथन । भूतपूर्वखेलाडी मञ्च नेपाल २०५८ साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् रुपमा दर्ता भयो । त्यसपछि द्वन्द्वको डरमा पनि आँट गरेर प्रतियोगिता सुरुआत गरेको संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिनुभयो । प्रथम संस्करणको म्याराथनमा ५६ जनाले भाग लिए ।…
Read More
Page 403 of 452
1 … 401 402 403 404 405 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.