समाज

‘कर्णाली उत्सव’आजदेखि

‘कर्णाली उत्सव’आजदेखि

५ फागुन,कर्णाली ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ । उहाँले भन्नुभयो, “कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ ।” विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको उहाँको भनाइ छ । कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताउनुभयो । उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा…
Read More
‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ सिल्वाल र शाक्यलाई

‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ सिल्वाल र शाक्यलाई

५ फागुन,काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका प्रमुख समाचारदाता उत्तम सिल्वाल तथा सहायक कम्प्युटर अपरेटर रेशमा शाक्यलाई प्रदान गरिने भएको छ । सिल्वाल र शाक्य दुई दशकअघिदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्छ । सङ्गठनको बैठकले राससको ६२औँ वार्षिकोत्सवका अवसरमा उहाँहरूलाई सो पुरस्कार प्रदान गर्ने सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ । प्रत्येक वर्ष दुई कर्मचारीलाई सो पुरस्कार प्रदान गरिँदै आइएको छ । नयाँसडक निवासी पूर्वव्यवस्थापक जोशीको घरबाट २०१८ साल फागुन ७ देखि राससको समाचार सेवा प्रारम्भ भएको थियो…
Read More
एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती

एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती

५ फागुन,सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो । सोही वडामा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स हुलाकी सडक छेउमा करिब आठ वर्षदेखि अलपत्र हुँदासमेत सरोकारवाला निकाय मौन छ । देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ । ना१झ ९६८ नंको एम्बुलेन्समा स्थानीय सरकारको नजर पुगेको छैन भने सेवाग्राहीहरु महँगो भाडा तिरेर निजी एम्बुलेन्सको प्रयोग गर्न बाध्य भएका छन् । भारत सरकारको सौजन्यमा खरिद भएको उक्त एम्बुलेन्स सोही चौकीको एम्बुलेन्स सञ्चालन समितिमार्फत सञ्चालनमा हुँदै आएकामा थानीय तहका पूर्वजनप्रतिनिधि र…
Read More
पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प

पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प

५ फागुन,पर्वत । जिल्ला अस्पताल पर्वतमामा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द छ । अस्पतालमा जलजला, फलेवास, कुश्मा र मोदी, महाशिला र विहादीका सेवाग्राही सेवा लिन आउने गर्छन् । छिमेकी जिल्ला बागलुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका सर्वसाधारण पनि यहाँ उपचारका लागि आउने गर्दछन् । एक महिनादेखि चिकित्सक नहुँदा प्रसूति गराउनका लागि पोखरा, काठमाडौँलगायत ठाउँ पुग्नुपर्ने अवस्था छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटकी कुमारी रेग्मी प्रसूति ब्यथाले च्यापेर झण्डै १० किलोमिटर सडक यात्राबाट बिहीबार पर्वत अस्पताल पुग्दा चिकित्सक…
Read More
सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

५ फागुन,ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई कि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् । उनीहरु भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरुले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् । सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा, नवजात शिशु स्वस्थ नहुने र शारीरिक समस्या आउने हुँदा चालू आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुआत गरेको…
Read More
‘फूलबारी’प्रदर्शनी

‘फूलबारी’प्रदर्शनी

५ फागुन,काठमाडौँ । नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिनुभएको छ । सञ्चयकोषमार्फत पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको छ । शिक्षक जयनारायण शर्माका श्रीमती लक्ष्मी शर्मा र तीन…
Read More
गुल्मीमा तीन सय १२ प्रजातिका चरा

गुल्मीमा तीन सय १२ प्रजातिका चरा

५ फागुन,रेसुङ्गा । विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ । यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका छन् । जिल्लाको मदाने वन संरक्षण क्षेत्रमा आठ र रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा फेला परेको यससम्बन्धी सर्वेक्षण गरिरहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो । योसँगै गुल्मीमा चरा तीन सय १२ प्रजाति पुगेका छन् । हाल…
Read More
काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

५ फागुन,धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ । राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उहाँले बताउनुभयो । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उहाँ बताउनुहुन्छ । सेवाग्राहीको फारम कार्यालयले नै भर्ने गरेको छ । लामो समयदेखि झन्झटिलो रहेको प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउन जिल्लामा यस्तो प्रणाली लागू गरिएको प्रजिख पौडेलको भनाइ छ । सेवाग्राही र प्रशासनबीचको दूरी घटाई कार्यमा शीघ्रता ल्याउन रादानीबाट सुरु गरिएको यो अभियान विस्तारै आवश्यकताअनुसार…
Read More
मुम्बईमा उपचाररत नेता भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने

मुम्बईमा उपचाररत नेता भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने

५ फागुन, काठमाडौं ।  मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए । काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो । उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरको भेन्टिलेटरमा छन् । गएराति साढे १० बजे डा. सुनिल केस्वानीले र साढे ११…
Read More
बैतडीमा तीन वर्षमा १३० शिशुको मृत्यु

बैतडीमा तीन वर्षमा १३० शिशुको मृत्यु

५ फागुन, बैतडी।  सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो । यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । आव २०७६/७७ मा ३१, आव २०७७/७८ मा ४८ नवजात शिशुको मृत्यु भएको थियो । गत आवमा ५१ नवजात शिशुको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । गत आवमा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १३ नवजात शिशुको मृत्यु भएको थियो । यस्तै मेलौली नगरपालिकामा ११, सिगास गाउँपालिकामा छ, दशरथचन्द र पाटन नगरपालिकामा…
Read More
Page 404 of 452
1 … 402 403 404 405 406 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.