समाज

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

४ फागुन,इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङकलन गरेर परीक्षणका लागि पठाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ । गाउँपालिकासँगको…
Read More
मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

४ फागुन,नवलपरासी । नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको छ । पहिला–पहिला मुस्लिम समुदायको मात्र आस्थाको केन्द्र बनेको मदारबाबा मेलामा पछिल्लो पटक हिन्दू समुदायका लागि पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । पुरानो ऐतिहासिक मदारबाबाको मुख्यस्थलमा पुगेर पुजाआजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको पाइन्छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–२ स्थित महलबारी बजार हुँदै मदारबाबाको मुख्य मजार स्थलसम्म (मुख्य पूजा गर्ने स्थान) पुग्न करिब नौ किलोमिटर पहाडी डाँडाको पैदलयात्रा गर्नुपर्छ । मदारबाबाको मुख्यस्थल ‘मेलास्थल जाने बाटोलगायतका केही…
Read More
भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

४ फागुन,मुगु । मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरु जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ । सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझै पूरा हुन सकेको छैन । विसं २०७१ मा रु तीन करोड ५० लाखमा भवन निर्माणको काम थालिएको हो । भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको हो । भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोष्टलगायत काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन । असी पुरुष र २० महिला अट्ने क्षमताको उक्त कारागार भवन बने कैदीबन्दीलाई अरु जिल्ला लैजाने अवस्थाको अन्त्य हुने छ…
Read More
सिन्धुलीमा जडीबुटी मासिँदै

सिन्धुलीमा जडीबुटी मासिँदै

४ फागुन, काठमाडौं ।   स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले सङ्कलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन् । जडीबुटी सङ्कलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका–५ सिलामेकी भीमकुमारी थापामगर बताउनुहुन्छ । सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आउनुभएकी उहाँ भन्नुहुन्छ, “बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रुपमा प्रयोग भइरहेका छन् । महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन्…
Read More
सिन्धुलीमा जडीबुटी मासिँदै

सिन्धुलीमा जडीबुटी मासिँदै

४ फागुन,कमलामाई (सिन्धुली) । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले सङ्कलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन्् । जडीबुटी सङ्कलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका–५ सिलामेकी भीमकुमारी थापामगर बताउनुहुन्छ । सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आउनुभएकी उहाँ भन्नुहुन्छ, “बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रुपमा प्रयोग भइरहेका छन् । महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन् ।”…
Read More
सिद्धिविनायक उद्यानमा वनभोज जानेको भीड

सिद्धिविनायक उद्यानमा वनभोज जानेको भीड

३ फागुन, काठमाडाैँ । बाँकेको डुडुवा गाउँपालिकास्थित सिद्धिविनायक उद्यानमा वनभोज जानेको भीड लाग्ने गरेको छ । डुडुवा–५ नानापुरमा रहेको सो उद्यानमा अहिले दैनिकजसो विभिन्न सङ्घ संस्थामा आवद्ध र सर्वसाधारण वनभोजमा जाने गरेका छन् । लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका अध्यक्ष मीनबहादुर थापाले वनभोजसँगै नेपालगञ्ज, कोहलपुरलगायत राप्तीसोनारीबाट समेत स्थानीय उद्यानमा घुम्न आउने गरेका बताउनुभयो । उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकयीस्थलका रूपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाउने उद्देश्यका साथ विभिन्न काम भइरहेको छ । डुडुवा–५ नानापुरमा रहेको बाबुकुवा सामुदायिक वन परिसरमा करिब १० हेक्टर जमिनमा सिद्धिविनायक उद्यान निर्माण गरिएको छ । नेपालगञ्ज विमानस्थलदेखि करिब तीन किलोमिटर पूर्वतर्फ डुडुवा खोला…
Read More
गण्डकीमा बिहीबार सार्वजनिक बिदा

गण्डकीमा बिहीबार सार्वजनिक बिदा

३ फाल्गुन,  पोखरा ।  गण्डकी प्रदेश सरकारको स्थापना दिवसको दिन भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । संघ सरकारले दिएकाबाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।
Read More
मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

३ फागुन, काठमाडाैं ।  बेलबारी नगरपालिका(१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० टीकाबहादुर कार्कीले जानकारी दिए। मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ। उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित पक्ष इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन। ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।’ पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए।…
Read More
आहारको अभावमा बस्ती पस्छन गैँडा

आहारको अभावमा बस्ती पस्छन गैँडा

 ३ फागुन , काठमाडाैँ । नवलपरासीमा तस्करले गैँडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा एक सय नौवटा गैँडा बस्ती पसेको पाइएको छ । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैँडा निकुञ्जबाट बाहिरिएका हुन् । साँझको समयमा गाउँ पस्ने र झिसमिसेमा वन पस्ने गरेको अध्ययनले देखाएको छ । चितवनका विभिन्न नाकाबाट गैँडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन् । राप्ती, नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैँडा बस्ती पस्ने गरेका छन् । यकिन तथ्याङ्क नभए पनि ठूलो सङ्ख्यामा गैँडा बस्ती पस्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । उहाँका अनुसार निकुञ्जको कसराबाट पश्चिमी क्षेत्रमा धेरै गैँडा बस्ती पस्ने…
Read More
नारायणी नदी संरक्षणका लागि गैँडाकोट घोषणापत्र जारी

नारायणी नदी संरक्षणका लागि गैँडाकोट घोषणापत्र जारी

३ फागुन ,काठमाडाैँ । नारायणी नदी संरक्षणका लागि १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गरिएको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा दुई दिनसम्म सञ्चालित ‘नारायणी नदी सम्मेलन–२०२३’ मा छलफल भएका विषयलाई समेटेर घोषणापत्र ।
Read More
Page 407 of 452
1 … 405 406 407 408 409 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.