समाज

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

३ फागुन,गलकोट । अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ । कालीगण्डकीले मालढुङ्गास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ । अवैधरुपमा दोहनका कारण कालीगण्डकीको बाहव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुङ्गामा तटबन्ध कार्य थालिएको हो । कालीगण्डकीले बागलुङतर्फ बढी हकटान गरिरहेको छ । मालढुङ्गा बस्ती जोगाउन जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले तारजालीसमेत हाल्न थालेको छ । चालु आर्थिक वर्षमा मालढुङ्गाको तटीय बस्ती, मालढुङ्गा प्रहरी चौकी, मन्दिरलगायत…
Read More
भोटेकोसीको बगाममा सञ्चारको पहुँच

भोटेकोसीको बगाममा सञ्चारको पहुँच

३ फागुन,चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको बगाम सञ्चारको पहुँचमा जोडिएको छ । नेपाल टेलिकमकले भोटेकोसी गाउँपालिका–१ बगाममा मोबाइलको टावर निर्माण गरेपछि बगामवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । बल्ल बगामवासीको मोबाइलमा कुरा गर्ने सपना पूरा भएको छ । गाउँपालिकाका अनुसार उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले थ्रिजी सेवा विस्तार गरेको गाउँपालिकाले जनाएको छ । उक्त क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोसीका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताउनुहुन्छ । थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते, तारतुङ, सेबुङलगायत गाउँका झण्डै एक सय ६० परिवार लाभान्वित…
Read More
‘पहिलाजस्तो माछा पाइन छाडे’

‘पहिलाजस्तो माछा पाइन छाडे’

३ फागुन,कञ्चनपुर । लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा धेरै वर्षदेखि माछा मार्ने काम गर्दै आउनुभएको छ । नदीमा पहिलेको जस्तो माछा पाइँदैनन् । दिनभरि नदीमा जाल खेलाउँदा थोरैमात्र माछा पर्ने गरेका छन् । नदीमा थोरै प्रजातिका माछामात्रै रहेको उहाँले बताउनुभयो । “विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच–छ किलो माछा मार्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “हाल नदीमा माछा पाउनै छाड्यो, जालमा पहिला एउटै माछा दुई किलोदेखि पाँच किलोसम्मका हुन्थे, हाल दिनभरि जाल खेलाउँदा पनि चार–पाँच स–साना माछामात्रै जालमा पर्ने गरेका छन् ।” “घरमा भात पकाउनका लागि पानी चुलोमा राख्थ्यौँ, माछा मार्नका लागि घर नजिकैको नदीमा…
Read More
वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

३ फागुन,पोखरीया । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताउनुभयो ।
Read More
रुख काट्न अनुमति नदिँदा सडक अधुरै

रुख काट्न अनुमति नदिँदा सडक अधुरै

३ फागुन,लेटाङ । पथरी–जाँते–ज्यामिरे सडकमा पर्ने जङ्गल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ । विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो । प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रु ५४ करोड ४८ लाखको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडाँैले जिम्मा लिएको हो । विसं २०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढेपनि हालसम्म सडक अधुरै छ । पथरीबाट ज्यामिरेसम्म १९ दशमलव ६ किलोमिटर सडकमध्ये तीन किलोमिटर कालोपत्र गरिएको छ । सडक निर्माण गर्न रुख कटानको अनुमति नपाउँदा काममा बाधा पुगेको सब डिभिजन वन कार्यालय जाँतेका सहायक…
Read More
नक्सा पासबिनै भवन

नक्सा पासबिनै भवन

२ फागुन,ढोरपाटन । बागलुङ बजारमा ठूला घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवनसंहिता अनुसार निर्माण गर्नुपर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनसंहिता विपरीत निर्माण भएको पाइएको छ । बागलुङमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय छ । यस कार्यालयको काम भवनसंहिता हेर्ने, गुणस्तर मापन गर्ने र निर्माणको अनुगमन गर्नु हो । तर कार्यालयकै भवन नगरपालिकाबाट नक्शा पास नगराई चार तला ठड्याइसकेको छ । भवन बनाउँदा पालिकालाई जनाकारीसमेत दिइएको छैन । तर कार्यालय प्रमुख सुनिता श्रेष्ठले भने राष्ट्रिय भवन मापदण्ड अनुसारनै भवन निर्माण गरिरहेको जिकिर गर्नुहुन्छ । प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “हाम्रै इञ्जिनीयरले…
Read More
सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

२ फागुन,दमक । झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो । रेडक्रसले मानवीय सेवासँगै यो कार्यक्रम सञ्चालन गरेपछि विपन्नका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम बरदानझै बन्न पुगेको रेडक्रस उपशाखा सभापति चन्द्र साहले बताउनुभयो । साहका अनुसार पालिकाभित्र स्थायी बसोबाससँगै स्वास्थ्य जाँच नियमित गर्ने महिलालाई सुत्केरी हुने क्रममा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न थालिएको छ । चालु वर्षबाट सुरु भएको यस कार्यक्रममा रेडक्रसले आफ्ना दुई वटा एम्बुलेन्स परिचालन गरेको छ । रेडक्रसलाई दातामार्फत पाँच वर्षअघि…
Read More
छोराको स्मृतिमा अक्षयकोष

छोराको स्मृतिमा अक्षयकोष

२ फागुन,पाटन । आगलागीमा परेका छिमेकीलाई बचाउन जाँदा ज्यान गुमाएका विप्लभ अधिकारीको स्मृतिमा उहाँका पिताले अक्षयकोष स्थापना गर्नुभएको छ । सो रकमबाट विप्लभका पिता ठाकुरप्रसादले विपत्तिमा राहात तथा उद्धार कार्यका लागि छोराको नामबाट रु २० लाखको राहत तथा उद्धारकोष स्थापना गर्नुभएको हो । गत वर्ष माघ २३ गते आगलागीमा परेका छिमेकी ७० वर्र्षीय खड्गबहादुर लिम्बूकी श्रीमती सुष्मालाई बचाउन जाँदा ग्यास सिलिण्डर पड्किएर दन्किएको आगोमा परी विप्लवले ज्यान गुमाउनुभएको थियो । सोमबार आयोजित विप्लभको श्रद्धाञ्जली सभामा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री केशवप्रसाद पोखरेलले विप्लवले साहसका साथ काम गरेर युवालाई सामाजिक दायित्वतर्फ मार्गनिर्देश गरेको बताउनुभयो । सांसद डा तोसिमा कार्कीले विप्लभ…
Read More
मायालु डाँडामा युवायुवतीको भीड

मायालु डाँडामा युवायुवतीको भीड

२ फागुन,गलेश्वर ।‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा (लभ्लीहिल) मा तन्नेरीको भीड लागेको छ । माया गर्ने जोडीका लागि उत्कृष्टस्थल मानिएको बेनी नगरपालिका–२ खबरामा अवस्थित मायाँलुडाँडामा आज बिहानैदेखि युवायुवतीको भीड लागेको स्थानीय चन्द्रवहादुर कार्कीले जानकारी दिनुभयो । “मायालुडाँडामा अघिपछिको तुलनामा केही दिनयता युवायुवतीको आगमन बढेको छ,” उहाँले भन्नुभयो,“आज यहाँ प्रेमिल माहोल देखिएको छ ।”तीन दिनयता म्याग्दी, बागलुङ, पर्वतका साथै म्याग्दी भ्रमणमा आएका विभिन्न जिल्लाका तीन सयभन्दा बढी युवायुवती यहाँ आएर रमाउनाका साथै प्रेम साटासाट गरेका लभ्लीहिल खाजा घर तथा किराना पसलका सञ्चालक नारायण कार्कीको भनाइ थियो । केही दिनयता लभ्लीहिलमा…
Read More
राष्ट्रिय बाल नाटक महोत्सवमा २९ नाटक

राष्ट्रिय बाल नाटक महोत्सवमा २९ नाटक

२ फागुन,काठमाडौँ । शैली थिएटरको आयोजनामा रुसी सदन कमलपोखरीमा राष्ट्रिय बाल नाटक महोत्सव चलिरहेको छ । महोत्सव संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को सहकार्यमा सुरु भएको हो । नाटक सुरुवात कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद सोविता गौतमले नाट्य जगतलाई जोगाइराख्न शैली थिएटरले गरेको प्रयासलाई आत्मसात गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा १४औँ राष्ट्रिय बाल नाटक महोत्सवका संयोजक नवराज बुढाथोकीले बाल नाटक महोत्सव गरिरहँदा धेरैको प्रश्न किन बालबालिकाको लागि गरिरहेको भन्ने रहेको बताउँदै बालबालिकाको क्षेत्र हेपिएको र पिछडिएकाले आफू यसमा केन्द्रित भएको बताउनुभयो । विगत १३ वर्षदेखि आयोजना गर्दै आएको बाल नाटकको १२औँ र १३औँ महोत्सव कोरोनाका कारण भर्चुअल रूपमा सम्पन्न भएको थियो…
Read More
Page 408 of 452
1 … 406 407 408 409 410 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.