Share Icon

२ फागुन,काठमाडौँ । शैली थिएटरको आयोजनामा रुसी सदन कमलपोखरीमा राष्ट्रिय बाल नाटक महोत्सव चलिरहेको छ । महोत्सव संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को सहकार्यमा सुरु भएको हो ।

नाटक सुरुवात कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद सोविता गौतमले नाट्य जगतलाई जोगाइराख्न शैली थिएटरले गरेको प्रयासलाई आत्मसात गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा १४औँ राष्ट्रिय बाल नाटक महोत्सवका संयोजक नवराज बुढाथोकीले बाल नाटक महोत्सव गरिरहँदा धेरैको प्रश्न किन बालबालिकाको लागि गरिरहेको भन्ने रहेको बताउँदै बालबालिकाको क्षेत्र हेपिएको र पिछडिएकाले आफू यसमा केन्द्रित भएको बताउनुभयो ।

विगत १३ वर्षदेखि आयोजना गर्दै आएको बाल नाटकको १२औँ र १३औँ महोत्सव कोरोनाका कारण भर्चुअल रूपमा सम्पन्न भएको थियो । महोत्सव नौ दिनसम्म सञ्चालन हुनेछ । महोत्वमा २९ वटा विभिन्न विधाका नाटक समावेश रहेको शैली थिएटरका प्रमुख सविन न्यौपानेले बताउनुभयो ।

छनोट भएर मञ्चनमा लगिएका नाटकलाई मञ्चनकै अवधिमा विज्ञको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी सात वटा पुरस्कार दिइनेछ । अप्रतियोगी नाटकका लागि विशेष सम्मान पनि गरिनेछ । बाल नाटक महोत्सवमा प्रतियोगी र अप्रतियोगी गरेर २९ वटा नाटक समावेश भएका छन् । काठमाडौँ उपत्यका र बाहिरी जिल्लाबाट पनि नाटक समावेश भएको छ ।

महोत्सवमा सयौँ विद्यार्थी, शिक्षक तथा अभिभावकलाई नाटकप्रति आकर्षित गराउने थिएटरको उद्देश्य छ ।

विसं २०६६ देखि शैली थिएटरले आयोजना गर्दै आएको नाटक महोत्सवमा पहिलो पटक नवराज बुढाथोकीद्वारा निर्देशित नाटक ‘सुनौलो माछा’ प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा साहित्यकार रामबाबु सुवेदी, वरिष्ठ गीतकार रामेश श्रेष्ठ, वरिष्ठ रङ्गकर्मी निशा शर्मा, रुसी सदनका निर्देशक आन्तोन मस्लोव इसान, अध्यक्ष मदन रेग्मी, कवि तथा सहित्यकार महेश पौडेल लगायतले बाल नाटक महोत्सलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

नाटक महोत्सवको निर्णायकमा नाट्यकर्मी बाबुराम रेग्मी, किशोर अनुराग, कान्छी महर्जन रहनुभएको छ ।

माघ २९ गतेदेखि सुरु भएको महोत्सव फाल्गुन ८ गतेसम्म रूसी सदन कमलपोखरी र रातोपुलस्थित शैली थिएटरमा पनि मञ्चन हुने जनाइएको छ ।

श्यकता औँल्याउनुभयो ।

Facebook Comments Box

Share Icon