समाज

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा

७ चैत,तानसेन (पाल्पा) । पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कूल एकासी वडा मध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्याङ्कानुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण मानवीय नै रहेको छ । डढेलोका बारेमा प्रत्येक वर्ष चैत १ देखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् । यस वर्ष जनचेतना जगाउन राष्ट्रिय कलाकारसहित…
Read More
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

७ चैत,दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३-११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेशनबाट बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेशनसम्म पु¥याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण…
Read More
पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

७ चैत,तुलसीपुर । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्‍यौँ । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।”मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उहाँले बताउनुभयो । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उहाँको भनाइ छ । त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उहाँले बताउनुभयो । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान…
Read More
चियाको पहिलो टिपाइ सुरु

चियाको पहिलो टिपाइ सुरु

६ चैत,मङ्गलबारे । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रुपमा लिने गरिन्छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भए पनि माथिल्लो र उच्च क्षेत्रमा भर्खरै मुना पलाउन सुरु भएको छ । इलाममा हरियोपत्तीको टिपाइ अर्थात् फस्ट प्लग…
Read More
लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व

लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व

६ चैत,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५९ दशमलव ०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म रू १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा रू ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व सङ्कलन गरेको हो । कार्यालयले चालु आवमा रू ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ । फागुनमा मात्रै रू दुई अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर…
Read More
आलेख : ऋणका लागि ऋणबाट ग्रसित छन् महिला

आलेख : ऋणका लागि ऋणबाट ग्रसित छन् महिला

६ चैत,रेसुङ्गा । गुल्मीको धुर्कोट गाउँपालिका–६ की विजुला परियार हाल चार वटा लघुवित्त संस्थामा आबद्ध हुनुुहुन्छ । उहाँको हाल यी संस्थामा कूल १३ लाख ऋण छ । परियार पहिले एक लघुवित्तमा मात्र आबद्ध हुनुहुन्थ्यो । सो लघुवित्त संस्थाबाट ऋण लिएपछि त्यही ऋण तिर्न एकपछि अर्को गर्दै लघुवित्तमा आबद्ध हुनुभयो । यसरी एउटा संस्थाबाट ऋण लिएर अर्कोमा तिर्दा न पहिलेको चुक्ता हुन सक्यो, न पछिल्लोमा भार घट्यो । ऋण तिर्न लिएको ऋणमध्येको केही परियारले घरखर्चसमेत चलाउनुभयो । अहिले परियार आफूले ऋण तिर्न ऋण लिएपछि ऋणको चङ्गुलमा परेको स्वीकार गर्नुहुन्छ । “उद्यमशीलतातर्फ लगानी गर्ने ध्यान भएन”, उहाँले भन्नुहुन्छ, “हिलोले हिलो पखाल्दा कहिल्यै…
Read More
स्वास्थ्य स्वयंसेविकालाई साइकल

स्वास्थ्य स्वयंसेविकालाई साइकल

६ चैत,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक-एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको वडाध्यक्ष महेन्द्र खड्काले बताउनुभयो । “स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ”, अध्यक्ष खड्काले भन्नुभयो, “यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।” महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उदेश्यले साइकल वितरण गरिएको नगर उपप्रमुख निलम जोशीले बताउनुभयो । “मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य…
Read More
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र

पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र

६ चैत,वीरगञ्ज । पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जका रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउनेक्रम बढ्ेको निकुञ्ज प्रशासनले जनाएको छ । “विगतको भन्दा…
Read More
सहकारी सदस्य जागरण अभियान

सहकारी सदस्य जागरण अभियान

६ चैत,बनियानी । झापा जिल्ला सहकारी सङ्घले जिल्लामा सदस्य जागरण अभियान सुरु गरेको छ । सहकारी सङ्घसंस्था एवं वित्तीय संस्थाविरुद्ध कुप्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा सदस्य जागरण अभियान सुरु गरिएको सङ्घका सचिव भवानीप्रसाद दङ्गालले जानकारी दिनुभयो अभियानअन्तर्गत झापाका विभिन्न चार स्थानमा चैत ८ गतेसम्म ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सञ्चालन गरिएको उहाँले बताउनुभयो । अभियानअन्तर्गत चैत ५ गते बिर्तामोडमा गोष्ठी गरिएको र चैत ६ गते धुलाबारी, चैत ७ गते दमक तथा चैत ८ गते दुर्गापुरमा गोष्ठी गरिने उहाँले बताउनुभयो । सहकारी अभियानलाई जोगाउन सहकारीका सदस्य र संस्थाका सञ्चालक नै जागरुक हुनुपर्ने आवश्यकता…
Read More
विभिन्न कार्यक्रमका साथ ‘ग्लोबल मनि विक’ मनाइँदै

विभिन्न कार्यक्रमका साथ ‘ग्लोबल मनि विक’ मनाइँदै

६ चैत,काठमाडौँ । नेपाल राष्ट्र बैंकले युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ ‘ग्लोबल मनि विक’ विभिन्न कार्यक्रमका साथ मनाउन सबै सम्बद्ध संस्था वा निकायलाई आग्रह गरेको छ । वार्षिकरुपमा मनाइने साप्ताहिक अभियान सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरू गरिएको हो । विश्वका धेरै मुलुकमा यो सप्ताह मनाउने गरिन्छ । युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिकरुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने र आर्थिक समृद्धिमा सघाउ पु¥याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको केन्द्रीय बैंकले जनाएको छ । दशौँ शृङ्खलाका रुपमा सन् २०२२ मा मनाइएको ‘ग्लोबल मनि विक’ मा प्रत्यक्षरुपमा एक सय…
Read More
Page 347 of 452
1 … 345 346 347 348 349 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.