समाज

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

७ चैत,कर्णाली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ । सार्वजनिक नतिजाका हिसाबले अखिल क्रान्तिकारीले १४, नेवि सङ्घले छ र अनेरास्ववियुले चार क्याम्पसमा सभापति पदमा जित हात पारेको छन् । अखिल क्रान्तिकारीअन्तर्गत चतुर्देव हिसुपु क्याम्पस रातापानी मुगुबाट मनसुर कार्की, सिञ्जा बहुमुखी क्याम्पस सिञ्जा जुम्लाबाट सन्तोष आचार्य, तिला कर्णाली र जनचेतना बहुमुखी क्याम्पस कालिकोटबाट…
Read More
वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

७ चैत,बझाङ साइपाल (धुली) । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका–५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा । उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि उनी नेपालको आधिकारिक नागरिक बनिन् । तर केउडीलाई भने यो विषयमा जानकारी छैन । शनिबार…
Read More
ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ,२६ घाइते

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ,२६ घाइते

७ चैत,सुदूरपश्चिम । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ । चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
Read More
आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षा

आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षा

७ चैत,काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।…
Read More
‘हर्निया’ भएका पशुलाई ‘सर्जरी’ गर्न सिफारिस

‘हर्निया’ भएका पशुलाई ‘सर्जरी’ गर्न सिफारिस

७ चैत,भरतपुर । भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा सोमबार भरतपुर–७ प्रेमबस्तीमा शिविर गरिएको हो । शिविरमा चार सय १० पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये एक सय ६५ गाई, २३ भैँसी, १२ कुकुर, दुई सय १० बाख्राको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा शत्रुघन साह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव साह, सपना यादवको टोलीले पशुहरूको स्वास्थ्य परीक्षण गरेका थिए । डा शत्रुघनले किसानलाई गोठ सुधार्न र सरसफाइमा ध्यान दिन सुझाइएको बताउनुभयो । शिविरमा…
Read More
पटारमा ‘एक घर, एक धारा’

पटारमा ‘एक घर, एक धारा’

७ चैत,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका बासिन्दासमेत रहनुभएका वडा सदस्य भीमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरीका एक सय ५९ जनसङ्ख्या लाभान्वित भएका जानकारी दिनुभयो । “मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “आँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ ।” दुईवटा सार्वजनिक धारा निर्माण गरिएको छ । पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका थिए । कुल रु २६ लाख ७४ हजार तीन सय…
Read More
बाबा साहित्य साधक सम्मान श्रेष्ठ र अधिकारीलाई

बाबा साहित्य साधक सम्मान श्रेष्ठ र अधिकारीलाई

७ चैत,गण्डकी । बाबा साहित्य साधक सम्मान २०७८ र २०७९ क्रमशः तनहुँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र कास्कीका कवयत्री लिली अधिकारीलाई अर्पण गरिने भएको छ । कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’लाई प्राप्त पुरस्कार र विसं २०६७ मा एकल कविता वाचन कार्यक्रममा सङ्कलित रकमबाट सो सम्मान प्रदान गरिँदै आइएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य सहप्राध्यापक कृष्णप्रसाद पौडेलको संयोजकत्वमा लोककिन्नरी हरिदेवी कोइराला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल सदस्य रहनुभएकोे प्रतिभा छनोट समितिको सिफारिसलाई सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण सारथीको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कृतको नाम छनौट गरेको हो । श्रेष्ठ शुक्ला साहित्य सङ्गम…
Read More
लुम्बिनी प्रदेश सरकारद्वारा पुरस्कार घोषणा

लुम्बिनी प्रदेश सरकारद्वारा पुरस्कार घोषणा

७ चैत,लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल भएको जनाउँदै प्रदेशबाट प्रतिनिधित्व गर्ने छ खेलाडीलाई जनही रु एक लाखसहित पुरस्कृत गर्ने निर्णय छ । प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सहित खेलाडीलाई सम्मान गरिने बताउनुभयो । नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले…
Read More
सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन

७ चैत,दोधारा चाँदनी । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिनुभयो । “निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी सङ्गठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।” उहाँका अनुुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार…
Read More
पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

७ चैत,फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य हिमपात हुने क्रम जारी छ । मन्दिर क्षेत्रमा दुई फिटको हाराहारीमा हिउँ जमेको छ ।” तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उहाँले जानकारी दिनुभयो । सामान्य हिमपात भएकाले पूजापाठ गर्ने…
Read More
Page 346 of 452
1 … 344 345 346 347 348 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.