समाज

‘टोकन–टाइम’ प्रणालीले काभ्रेका सेवाग्राहीलाई सहज

‘टोकन–टाइम’ प्रणालीले काभ्रेका सेवाग्राहीलाई सहज

६ चैत,काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालयले ‘टोकन’ र ‘टाइम कार्ड’ लागू गरेपछि राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीलाई सहज भएको छ । कार्यालयले सेवाग्राहीको राहदानी र परिचयपत्रका फाराम भरेर फोटो खिचिदिन थालेपछि सहज बनेको हो । यसअघि राहदानीका लागि बाहिरबाट फाराम भर्न नसकेका नागरिक दैनिक कार्यालयमा बिहान ३ बजेदेखि नै लाइन बस्ने गरेका थिए । कार्यालयले हाल बिदाका दिनमा समेत नागरिकको अनलाइन फाराम भरेर फोटो खिचिदिने गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राहदानी लिन अनलाइन फाराम भर्नैपर्ने कठिन अवस्थालाई सहज र सरल बनाउन टोकन र टाइम कार्ड प्राणाली लागू गरेपछि सेवामा सरल र सहज बन्दै गएको बताउनुभयो ।…
Read More
फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

६ चैत,काठमाडौँ । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार तीन सय तीन, संयुक्त अरब इमिरेट्सका लागि नौ हजार सात सय ९५, साउदी अरेबियाका लागि नौ हजार पाँच सय तीन, कुवेतका लागि दुई हजार चार…
Read More
असिनाले बाली नष्ट : किसान चिन्तित

असिनाले बाली नष्ट : किसान चिन्तित

६ चैत,गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पु¥याएको किसानले बताएका छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भकिम्लीका किसान भीमबहादुर थापाले बताउनुभयो । शनिबार हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उहाँको भनाइ छ । खेतबारीमा…
Read More
१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

६ चैत,पर्सा । वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गएको अवस्थामा पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । इन्र्वागाउँस्थित धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा गरिएको थियो । चैत ४ मा पक्राउ परेका सिंहलाई चैत…
Read More
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ

अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ

६ चैत,काठमाडौँ । राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गतासम्बन्धी भएका अधिकार कार्यान्वयनमा चुनौती देखिएको बताउनुभएको छ । विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गर्नुभयो । “अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारसम्बन्धी कानुनी व्यवस्था छ”, दिगो विकास तथा सुशासन समितिका सभापति समेत रहनुभएका पन्थले भन्नुभयो, “अहिलेको समस्या ऐन कार्यान्वयन हो ।” उहाँले दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्थाबारे छलफल गर्न सरोकारवालालाई आह्वानसमेत गर्नुभयो । “दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्था र चुनौती विषयमा छलफल र अन्तरक्रिया आवश्यक छ”, उहाँले भन्नुभयो ।…
Read More
लेखन र निर्देशन कार्यशाला सम्पन्न

लेखन र निर्देशन कार्यशाला सम्पन्न

६ चैत,काठमाडौँ । चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गर्नुभएको तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । चलचित्रकर्मी बर्वेले नेपालमा अनुभवी तथा नयाँ चलचित्रकर्मीसँग तीन दिन बिताउदा सिकाउनुका साथै सिक्न पनि पाएको बताउनुभयो, “प्रशिक्षार्थीले मसँग बाँड्नुभएको कथा र शैली मेरो लागि नयाँ थिए । अनुभव साटासाट गर्दा यसले मलाईसमेत फाइदा पुगाएको छ । म पुनः नेपाल फर्किने चाहना बोकेर स्वदेश फर्किदै छु”, चलचित्रकर्मी बर्वेले भन्नुभयो । प्रशिक्षार्थीको रुपमा सहभागी चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले सिकाइ…
Read More
अझै सम्पन्न भएन शीतभण्डार

अझै सम्पन्न भएन शीतभण्डार

६ चैत,महोत्तरी । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु छन् । काम थालिएको चार वर्ष नाघ्दासम्म निर्माण सम्पन्न नभएपछि यहाँका किसानमा यो कहिले बनीसक्ने हो भन्ने कौतुहलता बढेको छ ।“यो त तीन वर्षभित्र सञ्चालन भइसक्ने कुरा थियो”, निर्माणाधिन चिस्यानघरतर्फ देखाउँदै बर्दिबास–६ का किसान विनोद ठाकुर भन्नुहुन्छ, “खै सञ्चालनको अत्तोपत्तो देखिँदैन”, चार वर्षअघि ९२०७५० मा निर्माण थालिएको चिस्यानघर तीन वर्षभित्रै सञ्चालन भइसक्ने त्यतिखेरै बताइए पनि यो काम अझै सम्पन्न नभइसक्दा आम किसानमा यसबारे चासो बढेको हो । बर्दिबास २, ६ र ८…
Read More
स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

६ चैत,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिनुभएको हो । उहाँले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । “स्थगन भएका क्याम्पस÷कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी…
Read More
नापतौलको अनुगमन: ठगी गर्नेलाई कारबाही

नापतौलको अनुगमन: ठगी गर्नेलाई कारबाही

६ चैत,काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ । ” सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा…
Read More
पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

६ चैत,बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो । यी वडाका करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिनुभयो । वडा नम्बर १ मा आठ, २ मा २५ र ४ मा २० पशुचौपायामा यो रोग देखिएको हो । दुई हप्ता अगाडि देखिएको यो रोगबाट गाई र गोरु बढी सङ्क्रमित भएका छन् । नब्बे प्रतिशत गोरु र १० प्रतिशत गाईमा यो रोग देखिएको छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने,…
Read More
Page 348 of 452
1 … 346 347 348 349 350 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.