समाज

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

१९ चैत,रामेछाप । खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाँै जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
Read More
‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

१९ चैत,दमौली । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३० गतेदेखि सुरु हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । “बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिने सडक खाना महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।…
Read More
लागूऔषधसहित सर्लाहीमा शिक्षक पक्राउ

लागूऔषधसहित सर्लाहीमा शिक्षक पक्राउ

सर्लाही । प्रहरीले एक निजी विद्यालयका शिक्षकलाई लागूऔषधसहित पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका–१५ स्थित राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाट पक्राउ गरेको हो । विद्यालयमा कार्यरत्त अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले निजको साथबाट लागूऔषधको रुपमा रहेको नाइट्राभेट ट्याब्लेट १२ थान र पन्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखेको गाँजाको पुरिया १ थानसहित हुसेनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका शिक्षक हुसेनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको छ ।
Read More
राष्ट्रपति पौडेल अस्पताल भर्ना, पेटमा समस्या

राष्ट्रपति पौडेल अस्पताल भर्ना, पेटमा समस्या

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि उनी शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । राष्ट्रपति पौडेल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ । डिउटी अफिसरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ ।’
Read More
सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति भएको छ । शनिबार मिटरब्याज विरूद्दको संघर्ष समिति नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजीबीच पाँच बुँदे सहमति भएको हो । सहमतिसँगै मिटरब्याजविरुद्धको संघर्ष समितिले गरिरहेको आन्दोलन पनि फिर्ता भएको छ । सहमति अनुसार मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको भदौ २७ गतेको प्रतिवेदनमा उल्लेखित सिफारिसहरू शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने भनिएको छ। सहमति भएपश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ वमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ । अब बस्ने पहिलो क्याबिनेट बैठकबाट मिटरब्याज पीडितहरूको…
Read More
बेमौसमी हिमपातले जनजीवन असहज

बेमौसमी हिमपातले जनजीवन असहज

ताप्लेजुङ । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ । पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबार बेलुका तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरासहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । यसअघि सामान्य हिमपात भए पनि यति…
Read More
भरत तालमा पर्यटकको घुँइचो

भरत तालमा पर्यटकको घुँइचो

काठमाडाैं । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ । सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताउनुभयो । हालसम्म डिपिआरको करिब २५ प्रतिशत काम सकिएको छ । ताल पूरा बन्दा रु दुई अर्ब लाग्नेछ । ताल बनाउन रु ७५ करोड खर्च भइसकेको छ । मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।…
Read More
टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते

टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौंमा उपचार भइरहेको छ। बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो। घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो। घाइते दशमध्ये तीन जनाको…
Read More
अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

१७ चैत,काभ्रेपलाञ्चोक । अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको शिक्षण सुधारका लागि शैक्षिक विधिमा थप परिस्कृत गर्न प्रविधियुक्त शिक्षण विधि अपनाइएको जनाइएको छ । स्थानीय तह तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधिमूलक संस्थाले उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोग कार्यक्रम (लर्न)मार्फत अपाङ्गता भएका बालबालिका केन्द्रित समावेशी शिक्षालाई प्रवद्र्धनका लागि प्रविधियुक्त शिक्षणमा जोड दिइएको हो । सिकाइको समावेशी ढाँचामा आधारित शैक्षिक विधिको विकास र विस्तार गर्दै विद्यमान पहुँचयुक्त शैक्षिक स्रोतबाट समान उपलब्धि हासिल गर्न सघाउने विश्वासका साथ प्रविधियुक्त शिक्षण लागू गरिएको हो ।…
Read More
स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिँदा श्रमिकलाई के फाइदा ?

स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिँदा श्रमिकलाई के फाइदा ?

१७ चैत,काठमाडौँ । सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट गर्न सकिने व्यवस्था गरेको छ । अहिले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ । अनलाइनबाट आफँै श्रम स्वीकृतिका लागि आवेदन दिन नसक्नेले भने वैदेशिक रोजगार कार्यालय आसपास रहेका सेवा प्रदायकबाट शुल्क तिरेर सेवा लिँदै आएका छन् । सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत नै निःशुल्करूपमा आवेदन दिन सक्ने निर्णय गरेको छ । सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्यअनुरुप स्थानीय तहबाट नै सेवा प्रवाह हुनु फलदायी हुने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका…
Read More
Page 318 of 452
1 … 316 317 318 319 320 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.