कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध
१९ चैत,भोजपुर । सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक कालोपत्रमा गुणस्तरहीन भएको स्थानीयले जनाएका छन् । सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक–पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयवासी तथा भोजपुर–५ बोखिमका वडा सदस्य नीरकुमार फुँयालले बताउनुभयो । “सडक कालोपत्रको काममा लापरबाही गरिएको छ”, उहाँले भन्नुभयो, “कामलाई गुणस्तरीय ढङ्गले गर्न…
