समाज

दुर्घटनामा घाइते महतको मृत्यु

दुर्घटनामा घाइते महतको मृत्यु

१७ चैत,भक्तपुर । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक चालकको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए । दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि महतलाई मध्यपुर अस्पतालमा पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
Read More
इलाम कारागारबाट थुनुवा फरार

इलाम कारागारबाट थुनुवा फरार

१७ चैत,मङ्गलबारे । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ । बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ । गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराइनाका साथै खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । डकैती मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई गएको असोज…
Read More
हुम्लामा एसइईका विद्यार्थी बढे

हुम्लामा एसइईका विद्यार्थी बढे

१७ चैत,हुम्ला ।आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् । जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना महामारीपछि जिल्ला फर्किएपछि यसपटक परीक्षार्थीको सङ्ख्या बढेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईले जानकारी दिनुभयो । हुम्लाको सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा दुई सय ५६ जना र मानसरोवर माविमा एक सय ८० जना परीक्षार्थी सहभागी छन् । त्यस्तै सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा दुई सय ५३ जना र कोटमावि रोडिकोटमा एक सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा एक सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा…
Read More
सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट

१६ चैत,भजनी । कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा निर्माण भएको गौशालासँगै विपन्न परिवारलाई सहुलियतमा घरघरमा ग्यास पु¥याउने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको आयोजना समयमा हस्तान्तरण नहुँदा त्यसको लाभ उठाउन सकिएको छैन । रु एक करोड ६० लाखमा बनेको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास…
Read More
सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

१७ चैत,गलेश्वर । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी हुनुभएको छ । परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया, धनकुमारी विक ३९ वर्षीया, रामदेवीपुन ४० वर्षीया, विष्णुकुमारी गुरुङ ४९ वर्षीया र पूजा छन्त्याल २८ वर्षीया सहभागी हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । बेनी सामुदायिक विद्यालयअन्तर्गत विसं २०७३ मा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय मङ्गलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ । महिलाहरुको…
Read More
इलाम साहित्य महोत्सव हुने

इलाम साहित्य महोत्सव हुने

१७ चैत,मङ्गलबारे । इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् । कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव आयोजना गर्न लागिएको साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताउनुभयो । जिल्ला बाहिरबाट मात्रै एक सय ६० बढी साहित्यकारलाई निमन्त्रणा गरिएको उहाँले जानकारी दिनुभयो । साहित्य रुची भएका मानिसलाई सहभागिताका लागि अनुरोध गरिएको…
Read More
पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

१७ चैत,ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थल पातीहाल्नेमा गर्मीयाम सुरु भएपछि दिनप्रतिदिन यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटक पुग्ने गरेका हुन् । छेउमै रहेका रिगताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ । बागलुङ र पूर्वीरुकुम दुवैतर्फबाट सहजरूपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाइमा पातीहाल्ने पर्न थालेको हो । रिगताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामा रिगताल पुग्न…
Read More
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै

गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै

१७ चैत,गण्डकी । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन् । कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३…
Read More
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

१७ चैत,दमौली । तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।
Read More
श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

१७ चैत,काठमाडौँ ।श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो । स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुरान घिमिरले जानकारी दिनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गर्नु भएको हो । अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पु¥याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका…
Read More
Page 319 of 452
1 … 317 318 319 320 321 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.