Share Icon

सर्लाही । प्रहरीले एक निजी विद्यालयका शिक्षकलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका–१५ स्थित राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाट पक्राउ गरेको हो ।

विद्यालयमा कार्यरत्त अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले निजको साथबाट लागूऔषधको रुपमा रहेको नाइट्राभेट ट्याब्लेट १२ थान र पन्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखेको गाँजाको पुरिया १ थानसहित हुसेनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका शिक्षक हुसेनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको छ ।

Facebook Comments Box

Share Icon