समाज

क्यानडाविरुद्ध नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनायो

क्यानडाविरुद्ध नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनायो

काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले १० ओभरमा एक विकेट गुमाएर ५३ रन बनाएको छ । पहिलो विकेटका रूपमा ओपनर आशिफ शेख आठ रन बनाउँदै आउट भएका हुन् । ९.१ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अविजित ३६ र कप्तान रोहित पौडेल अविजित पाँच रन बनाउँदै क्रिजमा छन् । कुशलले ३२ बलको सामना गरी एक छक्का र चौका हिर्काएका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । क्यानडा र नेपालबिच तीनवटा एक दिवसीय खेलको शृंखला हुनेछ ।
Read More
आज – २५ माघ २०८० बिहिवार को राशिफल

आज – २५ माघ २०८० बिहिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । तुला तुला (रा, रि,…
Read More
अरुण चौधरी रिहा

अरुण चौधरी रिहा

काठमाडौँ । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९६० बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो । ‘प्रतिवादीहरुको अनुसन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही…
Read More
कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

काठमाडाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ। यी जहाज कवाडीको मूल्यमा पनि बिक्री नहुने अवस्था आएको छ। निगमले दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई जहाज ‘जेजस्तो अवस्थामा छन्’ लाई सकार्न गत पुस ५ गते लिलामीको सूचना निकालेको थियो। यी जहाज सकार्न माघ २१ सम्म कुनै कम्पनीले पनि प्रस्ताव नराखेपछि पुनः फागुन ९ सम्ममा व्यक्ति वा संस्थाले टेन्डर बुझाउन सक्ने गरी सूचना प्रकाशन गरिएको हो। अर्थ मन्त्रालयको स्वीकृतिपछि निगमले ती जहाज बेच्न दोस्रो पटक अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरेको…
Read More
सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी

सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी

काठमाडौं । सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को पत्राचारपश्चात इन्टरपोलले रोकाविरुद्द डिफ्युजन नोटिस जारी गरेको हो। रोल्पा घर भएकी रोका सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा लामाकी पत्नी हुन्। श्रीमान् पक्राउ परेपछि उनी फरार भएकी थिइन्। राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलो भन्दा बढी सुन तस्करी प्रकरणनको उनको समेत संलग्नता खुलेको थियो। रोका सहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ। अमला ठेमलस्थित भियना होटलकी सञ्चालक समेत हुन्। उनी सहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ।…
Read More
व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा

व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा

काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित आज तीनैजना रिहा भएकाे सीआईबी प्रवक्ता इन्सपेक्टर नवराज अधिकारीले जानकारी दिए । यही माघ १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए । अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरूलाई सीआईबीले छाडेको हो ।
Read More
गुलरिया नगरपालिका वडा नं. १२ काे कार्यालय बाल विवाहविरूद्ध आक्रमक

गुलरिया नगरपालिका वडा नं. १२ काे कार्यालय बाल विवाहविरूद्ध आक्रमक

गुलरिया । बर्दियामा बालविवाहविरूद्ध वडा कार्यालयहरूले आक्रमक रूपमा याेजना बनाएका काम गरिरहेका छन् । साेही क्रममा गुलरिया नगरपालिका वडा नम्बर १२ काे कार्यालयले बालविवाहविरूद्ध वडामा जनचेतना जगाउने खालकाे विभिन्न गतिविधि गरिरहेकाे छ । वडा अध्यक्ष राम कुमार थारूले बाल विवाहविरूद्ध वडा कार्यालय आक्रमक रूपमा याेजना बनाएर काम गरिरहेकाे जानकारी दिनुभयाे ।  उहाँले वडा नं. १२ अन्तरगत रहेका गाउँटाेलहरूमा बालबिवाह न्युनीकरणकाे लागि सबै सराेकारवाला निकायहरूले आवश्यक पहल गर्न पनि अनुराेध गर्नुभयाे । साथै उहाँले यदि बाल विवाह हुन लागेकाे थाहा भएमा नजिककाे प्रहरी चाैकी, सराेकारवाला सघंसंस्था र स्थानीय निकायमा समेत खबर गरी सहयाेग गरिदिनु वडावासीहरूलाई आग्रह गर्नुभयाे । वडा अध्यक्ष थारूले …
Read More
चिनियाँ जहाज लिलामीका लागि दोस्रो पटक निगमले खुलायो टेन्डर

चिनियाँ जहाज लिलामीका लागि दोस्रो पटक निगमले खुलायो टेन्डर

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ जहाज लिलामीका लागि दोस्रो पटक टेन्डर सूचना जारी गरेको छ। निगमले मंगलबार सूचना जारी गर्दै २ वटा एमए-६० र ३ वटा वाई १२ जहाज बिक्रीका लागि टेन्डर आह्वान गरेको हो। यसअघि पनि निगमले सन् २०२३ को डिसेम्बर २१ मा पाँच जहाज लिलामीका लागि सूचना जारी गरेको थियो। जहाज खरिदका लागि कुनै पनि कम्पनीले चासो नदेखाएपछि निगमले दोस्रो पटक १५ दिनको समय दिँदै टेन्डर निकालेको हो। निगमका यी जहाज २०७७ साउन १५ देखि ग्राउन्डेड छन्।
Read More
नारायणगढ-बुटवल सडकको ठेक्का तोड्ने चेतावनी

नारायणगढ-बुटवल सडकको ठेक्का तोड्ने चेतावनी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रसन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड(एससिइसी) लाई निर्देशन दिनुभएको छ । म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने उहाँले स्पष्ट पार्नुभएको छ । सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलमा मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधिसमेतको बैठकमा मन्त्री ज्वालाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘अब समयमा काम सक्नैपर्छ । अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाइ भएको सहन सक्ने अवस्था छैन…
Read More
बुटवल–नारायणगढ सडक स्तरोन्नति : म्याद सकिन ५ महिना बाँकी हुँदा काम ४५ प्रतिशत मात्र

बुटवल–नारायणगढ सडक स्तरोन्नति : म्याद सकिन ५ महिना बाँकी हुँदा काम ४५ प्रतिशत मात्र

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको ११४ किलोमिटर स्तरोन्नतिको काम ठेक्का लिएको चिनियाँ कम्पनीले विभिन्न कारण देखाउँदै समयमा पूरा गर्न नसकेपछि सरकारले साउन ६ गते सम्मको लागि म्याद थप गरेको थियो । थपिएको म्याद सकिन अब ५ महिना मात्रै बाँकी हुँदा पनि स्तरोन्नतिको काम ४५ प्रतिशत पनि पूरा हुन सकेको छैन । दुई खण्डमा विभाजन गरेर काम गरिएको यो सडकमा बर्दघाट–बुटवल सडक खण्डको पश्चिममा हालसम्म ४२ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वमा पनि ४६ प्रतिशत मात्र काम भएको छ । दाउन्नेपूर्व ४८ किलोमिटर र पश्चिमखण्ड ६५ किलोमिटर पर्छ । पश्चिम खण्डका अहिले मासिक सरदर एक प्रतिशत काम भएकोले आगामी…
Read More
Page 26 of 452
1 … 24 25 26 27 28 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.