सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी

Share Icon

काठमाडौं । सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को पत्राचारपश्चात इन्टरपोलले रोकाविरुद्द डिफ्युजन नोटिस जारी गरेको हो।

रोल्पा घर भएकी रोका सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा लामाकी पत्नी हुन्। श्रीमान् पक्राउ परेपछि उनी फरार भएकी थिइन्।

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलो भन्दा बढी सुन तस्करी प्रकरणनको उनको समेत संलग्नता खुलेको थियो।

रोका सहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ। अमला ठेमलस्थित भियना होटलकी सञ्चालक समेत हुन्। उनी सहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ।

फरार रहेकी रोका विरुद्ध डिफ्युजन नोटिस जारी गर्न भन्दै सीआईबीले पत्राचार गरेको थियो। सीआईबीको पत्राचार अनुसार नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्युजन नजोटिसका लागि इन्टरपोलमा पत्राचार गरेको थियो।

रोका माओवादी नेताहरुसँग निकट मानिन्छिन्। पतिकै कारण उनी सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.