ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज

Share Icon

काठमाडौं । झापाको गिरीबन्धु चिया बगान सार्न दिने केपी ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त निर्णय खारेज गरेको हो ।

गिरीबन्धु चिया बगानको जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको थियो ।

केपी ओली सरकारका पालामा झापास्थित गिरीबन्धु चिया बगान सार्न दिने गरी सरकारले निर्णय गरेको थियो । सरकारी निर्णयसँगै झापाबाट स्थानीयबासीसँग काठमाडौंका व्यापारी दीपक मलहोत्रा लगायतले करोडौं रुपैयाँ उठाएका थिए ।

चिया बगान सार्न दिने निर्णय गैरकानूनी र बदनियपूर्ण भएको भन्दै ओली सरकारले गरेको निर्णय खारेजीका मागसहित अदालतमा परेको रिटमा आज संवैधानिक इजलासले फैसला गरेको हो ।

संवैधानिक इजलासले भनेको छ, ‘विवादित निर्णय कानूनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारवाही समेत बदर हुने ठहर्छ ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.