चीनले काेराेनाकाे बहानामा लामाे समयदेखि नाका बन्द गर्दा जनजीवन प्रभावित
काठमाडाैं । मुगु जिल्लाको उत्तरी भेगको तिब्बततिर पर्ने नाक्चेनाङ्ला नाका अझै खुलेको छैन । नाका नखुल्दा माथिल्लो मुगुको कार्मारोङ गाउँपालिकाका बासिन्दादेखि छिमेकी जिल्लाका सेवाग्राहीसमेतलाई असर परेको गोरखापत्र अनलाइनले लेखेको छ । मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कोरोनाका कारण तिब्बत र मुगुको हाटबजारसम्बन्धी व्यापारिक साइनो टुटेको बताउनुभयो । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका स्थानीयले दैनिक उपभोग्य सामान, खाद्यवस्तु, लत्ताकपडादेखि भेडाच्याङ्ग्रा आयात गर्नबाट वञ्चित छन् । यहाँका नागरिकलाई दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा लिनलाई जिल्ला सदरमुकाम आउजाउ गर्न कम्तीमा पाँच दिन लाग्छ । नाक्चेनाङ्ला नाका खुलाउनका लागि सङ्घीय सरकार र गृह मन्त्रालयसँग पालिकाले पहल गरिरहेको जानकारी उहाँले दिनुभयो । मुगुमकार्मारोङ गाउँपालिका–३ का स्थानीय बासिन्दा तोर्ची लामाका अनुसार…
